इटहरीः जनता बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी एवंम परिषद सदस्य युवराज काफ्लेले दिवंगत पिताकाे सम्झनामा अक्षय काेषकाे स्थापना गरेका छन् । शुक्रवार भएकाे क्याम्पसकाे १० अाैँ वार्षिक परिषद सभामार्फत जानकारी दिँदै स्वर्गीय भिमप्रसाद काफ्लेकाे नामबाट वी.ए. संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाइ पुरस्कृत गर्ने गरि ५१ हजार १ सय ११ रूपैयां काे अक्षयकाेष राखिएकाे बताइएकाे छ ।

२०५४ साल वैशाख १९ गते स्वर्गाराेहण भएका काफ्ले पञ्चायतकालमा संखुवासभाको माल्टा गाँउ पन्चायतमा प्रधानपञ्ज थिए । उनले दलित समुदायलाइ चण्डी र रूद्री पाठ गराइ पुरातन साेचलाइ फ्याल्नुपर्छ र शिक्षा सबै समुदायका लागि अनिवार्य अावश्यता हाे भन्ने अभियान चलाउने गरेकाे छाेरा युवराजले जानकारी दिए ।

भिमप्रसाद काफ्ले स्मृती पुरस्कार घाेषणा गर्दै उनले थाेरै भए पनि विद्यार्थीलाइ उत्प्रेरणा मिल्ने साेचेका साथ याे पुरस्कार स्थापना गरेकाे जानकारी दिए । 'पिताको पथमा हिड्न र समाजप्रतिको आफ्नो दायित्ववोध गर्न सधै पिताका कर्म र वचनले प्रेरणा मिलेको छ।' उनले भने- 'उहाँप्रतिको मेरो एउटा सानो समर्पणले भोली कसैको भाग्य र भविष्य निर्माणमा सानै भएपनि परिवर्तनकारी भुमिका खेल्छ भन्ने सोचेको छु।'

गुरूकुल शिक्षाबाट सवै शिक्षा असम्भव भएको कारण उहाँको अग्रसरतामा अन्य शिक्षाप्रेमी अंग्रजलाई समेटी २०२२ सालमा हालको खाँदवारी न.पा.वार्ड नं ५ को सरस्वती मा.वी.को स्थापना भएको काफ्लेले जानकारी दिए । त्यही स्कुलबाट काफ्लेले माध्यमिक तहकाे अध्ययन पुरा गरेका थिए ।