इटहरी: पूर्वाञ्चल बिश्वबिद्यालय शिक्षण अस्पतालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट ३५ पिन्ट ब्लड संकलन भएको अस्पताल निर्देशक  विपेश आचार्यले जानकारी दिएका छन् । सुन्दरहरैचा नगरपालीका– ७ स्थित मेडीकल कलेजमै भएको रत्तदान कार्यक्रममा सो परिमाणमा ब्लड संकलन भएको हो ।

बारामा गएको भिषण आधीको कारण घाइते भएका पीडितको उपचारार्थ ब्लड डोनेसन कार्यक्रम आयोजना गरीएको उनले बताए । यस अघि थालीएको पूर्वाञ्चल बिश्वबिद्यालयलाई पुनर्जागरण गर्न र स्वस्थ्य गतिबिधि बढाउन डोनेसन कार्यक्रम प्रभावकारी भएको उनको भनाई छ ।

‘रक्तदानका लागि करिब १ सयको हाराहारीमा उपस्थिती रहे पनि स्वाथ्य समस्याको कारण ब्लड दिन नपाउने धेरै भए ।,’ उनले भने, ‘अस्वथ्यहरु व्इक्तिलाई चेकजाँच गरी औषधी समेत उपलब्ध गराइयो ।’

यस अधि सुन्दरहरैचा– ५ मा निःशुल्क स्वाथ्य शिविर गरेको अस्पतालले यही महिनाको अन्त्यमा वडा नम्बर– ६ मा स्वास्थ्य शिवीर गर्ने उनले बताए ।