झापाः आदर्श माध्यमिक विद्यालय मेचीनगर—८ मा बिहीबारबाट विद्यालय भर्ना अभियान शुरु भएको छ ।

अभियानको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले भर्ना हुने ससाना विद्यार्थीलाई अबिरको टीका पहि¥याएर शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरेका थिए ।
आयुष लिम्बू र महिमा राजवंशीलाई अभिभावकले पहिलो पटक विद्यालय भर्ना गराएका थिए । सबै विद्यालयले ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने आदर्श वाक्यको ब्यानर बनाई भर्ना अभियान शुरु गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक हेमकुमार खड्काले ८५ जना विद्यार्थी भर्ना भएको जानकारी दिए । मेचीनगर नगरभित्रका विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गराउनतर्फ नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख आचार्यले जानकारी दिए । उनले अब हरेक अभिभावकले सामुदायिक विद्यालयमा आफ्ना नानी भर्ना गर्नुपर्नेमा जोड दिए ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावकसमेत एक भएर लाग्नुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयप्रति किन अभिभावकको आकर्षण घटेको हो त्यसको कारण पत्ता लगाएर समाधानतर्फ जानुपर्ने उपप्रमुख उप्रेतीको भनाइ थियो ।

AADARSH KO VARNA