धरान: वराह ज्वेलरी इष्डष्ट्रिज प्रालिले आफ्नो २४ औं वार्षिकोत्सव समारोहमा पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । मङ्गलबार धरानको भानुचोकमा आयोजित भव्य वार्षिकोत्सव समारोहमा प्रालिले इन्द्र वराह स्मृति पत्रकारिता सम्मानबाट धरानका अग्रज पत्रकार गिरिराज आचार्यलाई सम्मान गरेको हो ।

आचार्यलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै, इन्द्र वराह स्मृति पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पत्रकारद्वय निलिफा सुब्बा र रणध्वज लोहारलाई पुरस्कृत गरिएको थियो । दुवैलाई जनही नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र प्रदान गरियो । सोही समारोहमा वराहले आफूलाई अभि

भावकीय रूपमा सहयोग पु¥याएको भन्दै धरान १९ का अम्बरबहादुर लिम्बू, धरान १ का गंगाप्रसाद रेग्मी, धरान ११ की सुवित्रा राई र धरान १३ की सोममाया लिम्बूलाई विशेष सम्मान गरेको थियो । यसैगरी, वराहको ज्वेलरी सपमा एक वर्षमा सबैभन्दा धेरै गरगहना किन्ने दमककी पार्वती लिम्बू, धरान १३ की देवी श्रेष्ठ र धरान ७ की मधु श्रेष्ठलाई गोल्ड मेडल र कदर पत्रसहित प्रालिले सम्मान ग¥यो । गत वर्ष वराह डिपार्टमेन्ट स्टोरबाट १० हजार बढीको समान खरिद गर्ने ७ हजार २ सय ७४ जनालाई पनि विभिन्न उपहार प्रदान गरिएको थियो ।

baraha jwelery show 6

प्रालिका उत्कृष्ट ५ जना कर्मचारी फूलमाया राई, रोमी राई, सुरज प्रमाणिक बिक, धनबहादुर सिगौरी र रामकुमार बराइलीलाई पनि गोल्ड मेडल र कदर पत्र प्रदान गरिएको थियो । सबैलाई प्रालिका अध्यक्ष शिवकुमार लामिछाने, प्रमुख अतिथि एवं सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, सञ्चालक एवं धरान प्रमुख मानबहादुर दियाली विश्वकर्मालगायतले सम्मान पत्र, मेडल तथा कदर पत्र प्रदान गरेका थिए । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रदेश सभामुख भण्डारीले सामाजिक क्षेत्रमा वराहले पु¥याएको योगदानको चर्चा गर्दै आफूलाई नाफामुखी व्यापारिक संस्थाको रूपमा मात्र नभई सेवामुखी संस्थाको रूपमा पनि उभ्याउन सफल भएको बताए ।

वार्षिकोत्सव समारोहमा आयोजित वराह ज्वेलरी शोमा मोडलहरूले वराहले उत्पादन गरेका विभिन्न जाति, जनजातिको पहिरन र गरगहनासहित क्याटवाक गरेका थिए । कार्यक्रममा चर्चित कलाकार विल्सनविक्रम राई (तक्मे बुढा)को प्रस्तुतिसँगै गरिमा डान्स सेन्टरका कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।