विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयले २५ औँ अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसको अवसरमा विद्यालयले नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको थियो ।

गत वर्षको एसईईमा जीपीए ४ ल्याउने शुभम झालाई नगद २५ हजारसहित विद्यालयले सम्मान गरेको थियो । त्यस्तै, सोही अवसरमा विद्यालयले वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पनि पुरस्कृत गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचाकी नगर उपप्रमुख धनमाया तामाङ रहेकी थिइन् ।