इटहरीः किड्स ह्याप्पी होम मन्टेश्वरी इटहरीले अभिभावक दिवसकै दिन आफ्नो नयाँ भवन उद्घाटन गरेको छ । नयाँ पद्धतिमा शिक्षण गर्ने योजनाका साथ नयाँ शैक्षिक सत्र शुरु भएको अवसरमा कार्यक्रम आयोजना गरिएको बताइएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा नवनिर्मित भवनको उद्घाटन भएको हो ।

विद्यालय स्थापनाको सातौं वर्ष पूरा गरेको अवसरमा नयाँ भवन उद्घाटन गरिएको किड्स ह्याप्पी होमकी प्रिन्सिपल रिता भुसालले बताइन् । स्थापनाको समयदेखि नै अभिभावकको रोजाइमा परेका कारण अब अझ व्यवस्थित तरिकाले अगाडि बढ्ने उनको भनाइ थियो ।

‘गुड फुड, गुड मुड’ भन्ने अभियानका साथ हाइजेनिक खाना खुवाइने, सिसि क्यामेरा निगरानीमा सुरक्षित वातावरणमा पढाइ हुने विद्यालयले जनाएको छ । इटहरी उपमहानगरपालिकाकी शिक्षा शाखा प्रमुख अम्बिका शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै शाहले किड्स ह्याप्पी होमजस्तो व्यवस्थित मन्टेश्वरी पहिलोपटक देखेको बताइन् ।

त्यस्तै, विद्यालय सञ्चालन समितिका अध्यक्ष मणिराम श्रेष्ठले मन्टेश्वरीदेखि नै बालबालिकालाई संस्कार सिकाउन लागिएको बताए । वैज्ञानिक विधिबाट बालबालिकालाई कुनै किसिमको दबाब नदिई पढाइने उनको भनाइ थियो । कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने बारे सानैदेखि सिकाइने उनले बताए ।

kids happy home  (2) kids happy home  (3) kids happy home  (4)