बेलबारीः बेलबारी नगरपालिकाले उपभोक्ताहरूलाई ठगिन नदिन विभिन्न कार्यक्रम गर्ने भएको छ ।
नगरपालिकाले उपभोक्ता हित संरक्षण समबन्धी नीति नै बनाएर बजार अनुगमन गर्न थालेको छ । साथै उपभोक्तालाई ठगिनबाट बचाउन छलफल समेत शुरु गरेको छ । नगरपालिकाले उपभोक्ता हित तथा संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
नगरपालिकाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर सरोकारवालाहरूसँग सुझाव समेत मागेको छ । अनुगमन निर्देशिका अनुसार बजार अनुगमन गर्नका लागि समिति निर्माण गरिएको उपभोक्ता हित संरक्षण समितिकी संयोजक तथा उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् ।
उपभोक्ताहरूमा उपभोग्य सामग्री किन्दा उत्पादन मिति, उपभोग्य मिति, बजार मूल्य समेत जानकारी नभएको बताउँदै उप प्रमुख पराजुलीले चेतनामूलक कार्यक्रमसमेत ल्याउने बताइन् ।