इटहरीः सङ्घीय सरकारका स्वास्थ मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा सडक नै अवरुद्ध गरिएको छ । सङ्घीय समाजवादी फोरम नेपालले आयोजना गरेको कार्यक्रममा यादव प्रमुख अतिथिको रूपमा सहभागी हुन इटहरी अाएका हुन् ।
ससफो नेपालको दोस्रो इटहरी उपमहानगर अधिवेशनको उद्घाटन गर्ने आइपुगेका यादवले सडक नै अवरुद्ध भएको कार्यक्रममा सहभागिता जनाएका छन् ।
इटहरी चौकबाट आइतबारे जाने मूल सडक नै बन्द हुने गरी कार्यक्रम आयोजना गरिएको हो । त्यति मात्र हैन मन्त्री सवार बा २ झ ४०२५ नम्बरको गाडी पनि बिच सडकमै पार्किङ गरिएको छ ।
नियमकानुनकाे धज्जि उडाउँदै मन्त्री उपस्थति कार्यक्रम बिच बाटाेमा गरेकाे भन्दै यात्रु तथा स्थानीयले तीब्र अालाेचना गरेका छन् ।