धरान / नास्ट कलेज धरानका खाद्य प्राविधिक विद्यार्थीहरू सूचनाको हक प्रति जागरुक बनेका छन । खाद्य प्राविधिक विद्यार्थी सङ्घ धरानले आयोजना गरेको कार्यक्रममा ६० विद्यार्थीले सहभागिता जनाएका थिए ।

सूचनाको हक सम्बन्धी अभिमुखिकरणको प्रमुख प्रशिक्षणको रूपमा सूचनाको हकका लागि जिल्ला सञ्जाल सुनसरीका कार्यक्रम संयोजक विष्णु चौलागाईं तथा अभियन्ता कपिल ढुङ्गानाले अभिमुखिकरण प्रति सचेत गराएका थिए ।

यस्तै कार्यक्रममा सूचनाको हकको बिकासक्रम,आधारभूत ज्ञान,धारणा , महत्त्व ,आवश्यकता र सूचनाको शक्ति ,सूचनाको हकको कानुनी व्यवस्था र त्यसको व्यवहारिक प्रयोग ,भ्रष्टाचार नियन्त्रणमा यसको भूमिका र सिद्धान्त र सूचना माग गर्ने तरिकाको विषयमा सहभागीहरूलाई जानकारी गराइएको अध्यक्ष चौलागाईंले बताए ।

कार्यक्रमको समापन सत्रमा बोल्दै १६ न वडाका कार्यवाहक अध्यक्ष सुरेश श्रेष्ठले विद्यार्थीले नै देशमा सुशासन स्थापना तथा विकासका काम चासो दिएर अधि बढेको अवस्थामा र सूचनाको हकको उचित प्रयोग गरेको खण्डमा नागरिक सशक्तीकरण बढ्ने बताए ।