इटहरीः प्रदेश १ का १४ प्रदेश १ सरकारले नियुक्त गर्ने १४ जना नर्सको नतिजा आज सार्वजनिक भएको छ । हरेक जिल्लाका एउटा सार्वजनिक विद्यालयमा नर्स राख्ने भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत फागुन ६ गते सार्वजनिक सूचना निकालेको थियो ।
चालु आर्थिक वर्ष २०७५÷७६ को लागि स्वीकृत भएको ‘विद्यालय नर्सिङ कार्यक्रम’को लागि सामाजिक विकास मन्त्रालयले नर्स भर्नाको आवेदन मागेको थियो । आवेदन भर्नेबाट लिएको मौखिक परीक्षापछि मन्त्रालयले आज नतिजा सार्वजनिक गरेको छ ।

यी हुन् प्रदेश १ का १४ विद्यालयमा पहिलोपटक नियुक्ति पाउने नर्सहरू
ताप्लेजुङः श्री थेचम्बु माध्यमिक विद्यालयमा शर्मिला गुरुङ
पाँचथरः श्री गणेश माध्यमिक विद्यालयमा आस्था पोखरेल
इलामः श्री आदर्श माध्यमिक विद्यालयमा दीक्षा खतिवडा
झापाः श्री देवी माध्यमिक विद्यालयमा प्रतिभा थापा
मोरङः श्री पोखरिया माध्यमिक विद्यालयमा प्रतिभा बजगाईं
सुनसरीः श्री बालमन्दिर माध्यमिक विद्यालयमा नितु पोखरेल
धनकुटाः श्री अरुणेदय माध्यमिक विद्यालयमा बिना पूर्वछाने
तेह्रथुमः श्री वसन्त माध्यमिक विद्यालयमा एलिसा ढुंगाना
सङ्खुवासभाः श्री सरस्वती माध्यमिक विद्यालयमा आयुषा राई
भोजपुरः श्री तिम्मा माध्यमिक विद्यालयमा उपासना राई
सोलुखुम्बुः श्री जनजागृति माध्यमिक विद्यालयमा संगीता घिमिरे
ओखलढुंगाः श्री ज्ञानज्योति माध्यमिक विद्यालयमा उर्मिला अधिकारी
खोटाङः श्री राष्ट्रिय माध्यमिक विद्यालयमा सुमति सैचा
उदयपुरः बालमन्दिर माध्यमिक विद्यालयमा पुनम कार्की