धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारले ‘उपकुलपति हुन नपाएपछि’ केही व्यक्ति एवं उच्छृंखल तत्त्वले आफ्नो काममा बाधा तथा अवरोध पु¥याइरहेको बताएका छन् ।

आफू उपकुलपतिमा नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा बिहीबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै उपकुलपति डा. रौनियारले ती व्यक्तिबाट आफूलाई काममा र प्रतिष्ठानकै विकासमा पनि अवरोध पु¥याइरहेको प्रतिक्रिया दिए । उनले कसैको पनि नाम उल्लेख नगरे पनि स्पष्ट रूपमा पूर्वउपकुलपति डा. बिपी दासप्रति लक्षित गर्दै आफूलाई उपकुलपतिबाट हटाउन प्रतिष्ठानलाई नै बदनाम हुने गरी मिडियामा ‘अनर्गल’ प्रचार पनि गरिरहेको बताए । उनले भने, ‘मेरो भर्खर एक वर्षको अवधि पूरा भयो, यो बेला मैले धेरै ठूला चुनौती खेपें । तर, म दृढ छु । भिसी हुन नपाएका केही उच्छृंखल तत्त्वले मलाई र प्रतिष्ठानकै विकासमा अवरोध गरिरहेका छन् ।’

आफूलाई पदबाट हटाएर आफू भिसी पदमा पुग्न ती व्यक्तिले अनावश्यक विवाद र भ्रम छरेर प्रचारबाजी पनि गरिरहेको उपकुलपति रौनियारको भनाइ छ । विगत १० महिनादेखि एमआरआई खरिदमा अनियमितता भएको आरोप खेपिरहेका उपकुलपति रौनियारले सो विषयमा अख्तियारले अनुसन्धान गरिरहेको र आफूले अनुसन्धान प्रक्रियामा सहयोग गरेको उनको भनाइ छ ।

‘अनियमितता भएको छ–छैन भनेर अख्तियारले क्लियर गरिहाल्छ नि ! मिडियामा अनेक भ्रम छरिरहनुपर्ने कारणै देख्दिनँ । अनुसन्धानको प्रक्रिया हो, कागज लैजान्छ, बयान लिन्छ,’ रौनियारले भने, ‘पहिला दासको पालाकै १.५ टेस्लाको एमआरआईलाई बढी दाममा किन्न लाग्यो भनेर हल्ला चलाइराखेको छ । तर, पहिलाको र अहिलको मेसिनको क्षमता कस्तो हो, किन बढी मूल्य प¥यो भनेर कसैले बुझेकै छैन । अनियमितता भयो भनेर मात्र हल्ला गरिराखेका छन् ।’

एमआरआई प्रकरणबारे पहिलोपटक मिडियासँग प्रतिक्रिया दिनेक्रममा डा. रौनियारले मारुती कारको उदाहरण दिँदै मारुती कारको मूल्य पनि ८ सय सिसी र १२ सय सिसीको धेरै फरक परेजस्तै एमआरआईको पनि स्ल्यु रेटअनुसार मेसिनको फरक–फरक मूल्य हुने खुलाए ।

‘८ सय सिसीको मारुती कारको भन्दा १२ सय सिसीको मूल्य बढी हुन्छ । किनभने, त्यसको क्षमता नै धेरै हुन्छ । ठीक त्यस्तै पहिला दासको पालामा किन्न लागेको १.५ टेस्लाको मेसिनको स्ल्यु रेट १२० मात्र थियो । जबकि, हामीले १८० स्ल्यु रेटको मिाग गरेका थियौं,’ उपकुलपति डा. रौनियारले भने, ‘अहिले हामीले किन्न लागेको १८० स्ल्युरेटकै मेसिन हो । नेपालमा यो क्षमताको एमआरआई छैन । मेसिनको विशेषताको चर्चा नभई १.५ टेस्ला र पहिलाको दाम मात्र बुझेर अनियमितता भयो भनेर सुनियोजित हल्ला गरियो ।’

उपकुलपति रौैनियारले धरान–१, छाताचोकस्थि पुरानो अस्पतालको जग्गा सरकारबाट प्रतिष्ठानको नाममा ल्याउन सफल भएको जानकारी दिँदै सो स्थानमा दुई सय बेडको अस्पताल सेवा विस्तार गर्ने योजना कार्यान्वयनको प्रक्रियामा अघि बढेको पनि जानकारी दिए । यसैगरी, प्रतिष्ठानले प्रतियुनिट २२.५ रुपैयाँ विद्युत् महसुल तिर्दै आएकोमा आफ्नो पहलमा हाल ११.५० प्रतियुनिट कायम गराउन सफल भएको पनि जानकारी दिए ।

सरकारको नीति र निर्देशन पाएपनि अघिल्ला उपकुलपतिले गर्न नसकेको आफ्नै फार्मेसी सुरु गरेको, आकस्मिक कक्षको क्षमता विस्तारक्रममा रहेको पनि रौनियारले जानकारी दिए । साथै, हाडजोर्नीसम्बन्धी २० बेड क्षमताको इमर्जेन्सी कक्ष सञ्चालनमा ल्याएको, आइसियु, सिसीयु, डायलाइसिसजस्ता सेवाको क्षमता वृद्धि प्रक्रिया सुरु गरेको लगायत विभिन्न कार्य गरिसकेको फेहरिस्तसहित उपकुलपति रौनियारले योजनासमेत प्रस्तुत गरेका थिए ।