इटहरीः यही फागुन २८ गतेदेखि इटहरीमा कक्षा ८ को वार्षिक परीक्षा शुरु हुने भएको छ । स्थानीय सरकारको नेतृत्वमा हुने ‘आधारभूत तह उत्तीर्ण परीक्षा’ मा चैत ६ गतेसम्म हुने इटहरी उपमहानगरको शिक्षा शाखाका अधिकृत सेमन्त गौतमले बताए ।
विभिन्न १३ वटा केन्द्र तोकिएको कक्षा ८ को परीक्षाका लागि २१ सामुदायिक विद्यालय र ७५ वटा निजी विद्यालय सहभागी हुने भएका छन् । जसमा सामुदायिक विद्यालयमा १ हजार २२ विद्यार्थीहरू सहभागी हुनेछन् भने निजी विद्यालयबाट २ हजार ४ सय ५५ विद्यार्थीहरू सहभागी हुनेछन् ।
सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयका विद्यार्थी साढे २ गुण बढी देखिएको परीक्षामा सहभागी सबैभन्दा धेरै विद्यार्थीलाई सहभागी गराउने विद्यालय भने सामुदायिक नै छन् । कचना महादेव र शारदा माविबाट सबैभन्दा धेरै विद्यार्थी सहभागी हुने भएका छन् ।
इटहरी–४ को कचनाबाट १ सय २० विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी हुनेछन् भने खनारको शारदा माविबाट १ सय ९ जना विद्यार्थी सहभागी हुने भएका छन् । यी २ विद्यालयबाट मात्रै १ सयभन्दा धेरै विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएका छन् ।
निजी विद्यालयमा भने सय भन्दा धेरै विद्यार्थी सहभागी गराउनेमा कोशी सेन्ट जेम्स माध्यमिक विद्यालय र हिमशिखर माध्यमिक विद्यालय रहेका छन् । इटहरी–९ को कोशी माध्यमिक विद्यालय र इटहरी–२० तरहराको हिमशिखरबाट समान १सय ७ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।
कुन विद्यालयको परीक्षा कुन केन्द्रमा ?
फागुन २८ बाट शुरु हुने कक्षा ८ को परीक्षामा विभिन्न १३ वटा केन्द्र विभाजन गरिएको छ । २१ सामुदायिक र ७५ निजी विद्यालयलाई छुट्याइएका विभिन्न १३ केन्द्रमा सहभागी विद्यालय यसप्रकार छन्ः
१. शम्भुनाथ मावि इटहरी
– शम्भुनाथ मावि
– बालआदर्श मावि
– पार्वती मावि
२. शारदा मावि, खनार
– शारदा मावि
– ज्ञानोदय आधारमूल विद्यालय (आबि)
– हिमाली मावि
– खनार मावि
– खनार सनसाइन
– खनार मोडल
– न्यू एरा स्कुल
– साइ चिल्डे«न होम
– प्रेरणा इङ्लिस स्कुल
– सरल इङ्लिस स्कुल
३. पकली मावि, पकली
– पञ्चायत आवि
– शहीद स्मृति आवि
– पकली मावि
– स्ट्यान्डर्ड स्कुल
– जनजागृति स्कुल
– बालविकास स्कुल
– हिमाल पब्लिक स्कुल
– सनसाइन स्कुल
– सरस्वती जब्दी स्कुल
– शिक्षादीप स्कुल
४. महेन्द्र मावि
– शान्तिनगर इङ्लिस स्कुल
– लिटल फ्लावर्स स्कुल
– महेन्द्र मावि
– होराइजन एकेडेमी
– ब्राइट फ्युचर
– तालतलैया एकेडेमी
५. जनसहयोग मावि
– जनसहयोग मावि
– तरहरा मावि
– पञ्चायत रजतजयन्ती मावि
– ज्ञानदर्पण एकेडेमी
– फुजिसियन स्कुल
– जब्दी मावि
– प्याराडाइज स्कुल
६. कचना महादेव मावि
– पशुपति स्कुल
– कचना महादेव मावि
– पाथीभरा स्कुल
– सेतो बङ्गला स्कुल
– इटहरी मोडल
– विश्व आदर्श स्कुल
– सेफर्ड स्कुल
७. सेक्रेट हार्ट बोर्डिङ स्कुल
– लिटिल फ्लावर्स स्कुल
– सेक्रेट हार्ट स्कुल
– सुनसरी क्रिस्टल स्कुल
– एसओएस बालग्राम
– गार्डेन एकेडेमी
– कञ्चनजंघा स्कुल
८. ज्योति मावि
– वाइ पोइन्टिङ स्कुल
– ज्योति मावि
– ब्लुमिङ लोटस स्कुल
– अमर्ट स्कुल
– मकालु स्कुल
– बेबिलोन स्कुल
९. सरस्वती सदन मावि
– शान्ति सिर्जना मावि
– सरस्वती सतन मावि
– लक्ष्मी मावि
– मिनिल्यान्ड
– हाम्रो गोदावरी
– गोदावरी विद्यामन्दिर
– जयन्ती विन्ध्यवासिनी स्कुल
– कोशी सेन्ट जेम्स
१०. कविर मावि
– कविर मावि
– पिसजोन आमावि
– भृकुटी मावि
– सुनसरी सेन्ट जेभियर
– नर्थ प्वाइन्ट
– इलाइट होम्स
– हाम्रो इङ्लिस स्कुल
– इटहरी चिल्ड्रेन स्कुल
११. जनता मावि
– जनता मावि
– ग्रीनपीस स्कुल
– मोडर्न प्रिपेरटरी स्कुल
– बोर्डिङ मावि
– कस्तुरी मावि
– फ्युचर स्टार्स
– भेलभेट स्कुल
१२. सरस्वती मावि
– सरस्वती मावि
– डिभिएम स्कुल
– सुस्मा इङ्लिस स्कुल
– इटहरी नोबेल स्कुल
– शिखर एकेडेमी
– सनराइज इङ्लिस स्कुल
– चामुन्डा भगवती
१३. राष्ट्रिय मावि
– लिटिल पिस हेवन
– युनिभर्सल एकेडेमी
– ज्ञानोदय एकेडेमी
यस्तो छ परीक्षाको तालिका
फागुन २८ गतेबाट ९ दिनसम्म लगातार सञ्चालन हुने कक्षा ८ को परीक्षा अङ्ग्रेजी विषयबाट शुरु भएर ऐच्छिक विषयमा पुगेर टुङ्गिनेछ । २९ र ३० गते क्रमशः नेपाली र विज्ञानको परीक्षा हुनेछ ।
चैत १, ३, ४ र ५ मा क्रमशः सामाजिक, गणित, व्यावसायिक शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षाको परीक्षा हुनेछ । ६ गते भने कम्प्युटर जस्ता विभिन्न ऐच्छिक विषयको परीक्षा हुनेछ । मौखिक परीक्षा भने नयाँ सूचना प्रकाशन गरेर सार्वजनिक गरिने शिक्षा शाखाको भनाइ छ ।