इटहरीः १०९ औ अन्तराष्ट्र्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित महिला म्याराथन दौड प्रतियोगितामा यशोदा चौधरी प्रथम भएकी छिन । सय जना हाराहारी महिला सहभागी भएको प्रतियोगितामा इटहरी १० की यशोदा चौधरी प्रथम भएकी हुन भने इटहरी १ की रमिला बास्तोला दोस्रो र इटहरी ६ की प्रेरणा ठाकुर तेस्रो भइन ।
दौडनु स्वास्थ्यका लागि फाइदाजनक भएकाले अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा म्याराथन दौड आयोजना गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन ।
श्रमिक महिला दिवसकै सन्दर्भमा इटहरीमा अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला उद्यमीले उत्पादन गरेको सामग्री प्रदर्शनी भइरहेको छ । इटहरी उपमहानगर परिसरमा जारी प्रदर्शनी भोलि सम्म रहने छ । शुक्रवार कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यमा अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित ३ दिने कार्यक्रम समापन गरिने उपमेयर लक्ष्मी गौतमले बताइन ।