इटहरीः १० जना यात्रु सहजै अट्ने एपीआई ग्रेभ आरइ नयाँ अटो टेम्पो बजारमा आएको छ । साना अटो टेम्पो र सिटी सवारीले सडकमा ट्राफिक समस्या ल्याइरहेको बेला एकै पटक १० जना यात्रु सहजै अट्ने नयाँ अटो टेम्पो बजारमा आएको हो ।

नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता इटहरीको पूर्व लाइनमा रहेको विनायक अटो इन्टरप्राइजेजले १० जना यात्रु सहजै बोक्ने अटो टेम्पो बजारमा ल्याएको हो । इन्टरप्राइजेजका सेल्स म्यानेजर मोहनराज थापाका अनुसार पेट्रोलबाट चल्ने अधिकतम् यात्रु क्षमता भएको नयाँ टेम्पो बजारमा हाल चलिरहेका अटो टेम्पो भन्दा धेरै कुरामा भिन्न रहेको छ ।

४ सय सीसीको प्रति एक लिटर पेट्रोल बराबर २० किलोमिटर माइलेज दिने १० जना यात्रु सहजै बोक्ने यो टेम्पो खरिदका लागि कम्पनीले नै सहज रुपमा फाइनान्सको सुविधा प्रदान गरेको सेल्स म्यानेजर थापाले बताए ।

स्वदेशमै रहेर केही गर्न चाहने र विदेशबाट फर्किआएकाहरूका लागि स्वरोजगार हुन सहज हुने यो टेम्पो तराईमा मात्र नभई पहाडी क्षेत्रका लागि पनि अति उपयोगी भएको थापाको भनाइ छ । लगानी गरेपछि उच्चतम् प्रतिफल दिने यो टेम्पोको पार्टस तथा सर्भिस सहज तरिकाले देशभरकै डिलरहरुमा उपलब्ध गराइने थापाले जनाए ।

७ लाख ७९ हजार ९ सय रुपैयाँ बजार मूल्य राखिएको यो टेम्पो कुल रकमको ३० प्रतिशत भुक्तानी दिएपछि फाइनान्सको सुविधासहित सहज तरिकाले मासिक किस्तामा उपलब्ध गराउने व्यवस्था मिलाइएको थापाले जनाकारी दिए ।

धरान, विराटनगर, दमक, इटहरी, बिर्तामोडमा कम्पनीको डिलर सञ्चालनमा रहेको थापाको भनाइ छ ।

tempo  (1)