लेटाङः प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले मोरङको लेटाङ १ स्थित ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल राजारानी पोखरी परिसरमा लेटाङ एक्स्पो २०७५ को उद्घाटन गरेका छन् ।
लेटाङ नगर विकासको आधार कृषि, पर्यटन, कला र संस्कृति सहितको पूर्वाधार’ नारा राखी लेटाङ उद्योग वाणिज्य सङ्घले एक्स्पोको आयोजना गरेको हो ।
एक्स्पोले लेटाङको कृषि, पर्यटन, कला र संस्कृतिमा टेवा पुग्ने लेटाङ एक्स्पो २०७५ का संयोजक खड्गबहादुर श्रेष्ठले बताए । लेटाङ नगरपालिकाको सहयोग, रम पमको मुख्य प्रायोजन मेरो टिभी, टुबोर्ग बर्ग वियर र लेटाङ मिडियाको प्रायोजन र सेलोको सह(प्रायोजनमा एक्स्पो शुरु भएको हो ।
फागुन १७ देखि २६ सम्म चल्ने एक्स्पोको उद्घाटन कार्यक्रममा प्रदेश साम्सद, संविधानसभा सदस्य, लेटाङ नगर प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।