झापाः सुजुकी टु ह्वीलर्सको लागि गजुरमुखी ट्रेड लिंकले सुजुकी बर्गम्यान १२५ सीसीको स्कुटरको लञ्चसहित र्याली निकालेको छ ।
कम्पनीका अनुसार हालसम्म नेपालमा उपलब्ध स्कुटरमध्ये सबैभन्दा आकर्षक तथा सुविधाजनक यो स्कुटरमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायर छन् ।
कम्पनीका अनुसार सुजुकी बर्गम्यान १२५ मा ७ हजार ५ सय आरपिएममा ८ दशमलव ७ बीएचपीको शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सीसीको शक्तिशाली इञ्जिनजडित छ । स्कुटरको अग्रभागमा डिस्क ब्रेक छ भने ५ दशमलव ६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता छ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कुटरमा एलइडी हेड लाइट, एलइडी टेल ल्याम्प जडान गरिएका छन् ।
एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबी पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषता पनि सो स्कुटरमा रहेका छन् । फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आकर्षक देखिने कम्पनीको दाबी छ ।
यो स्कुटर सबै १२५ सीसीका स्कुटरको समूहमा एक बेन्चमार्कको रूपमा स्थापित हुने गजुरमुखी ट्रेड लिंकका रुपक थापाले बताए । यो चौथो पुस्ताको हरेक चालकले खोजिरहेको एक सम्पूर्ण प्याकेजको स्कुटर भएको र नेपालमा हाल यसको बजार मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ रहेको बताइएको छ ।
जापानिज बाइक निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता सुजुकीले नेपालमा ७८ ठाउँबाट आफ्ना उत्पादन बिक्री, सर्भिस र स्पेयर पार्टस वितरण गरिरहेको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले जनाएको छ ।
बिर्तामोड तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रूपमा प्रदान गर्ने क्षमता राख्ने गजुरमुखी ट्रेड लिंकले प्रमुख अतिथि राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले बर्गम्यान स्कुटर स्टार्ट गरेर र्यालीको शुरुवात गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाािण्ज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई रहेका थिए । वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीलगायतका व्यक्ति उपस्थित थिए ।
भीजी सुजुकीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले सो स्कुटरको विशेषताको बारेमा बताएका थिए । स्कुटरमा ५ वर्षको वारेन्टी रहेको उनले बताए । र्यालीले बिर्तामोड बजार परिक्रमा गरेको थियो ।