इटहरीः इटहरीको व्यस्त सपिङ कम्प्लेक्स सेन्ट्रल प्लाजामा ‘फन वीक’ हुने भएको छ । यही फागुन १९ गते देखि २५ गते सम्म हुने साप्ताहिक कार्यक्रममा ग्राहकको मन जित्ने विभिन्न कार्यक्रम गरिदैछ ।

प्लाजाका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठका अनुसार सेन्ट्रल प्लाजामा भएका करिब ४० पसलले ग्राहक तान्ने आकर्षक योजना ल्याएका छन । प्लाजाले पनि विभिन्न सांस्कृतिक कार्यक्रमको योजना बनाएको छ । सप्ताहाव्यापी रूपमा चल्ने कार्यक्रममा नेपाली मौलिक संस्कृतिलाई उजागर गर्ने प्रस्तुति रहनेछन । जसमा इटहरीमा रहेको नागी डान्स सेन्टरले विभिन्न सांस्कृतिक प्रस्तुति दिने तयारी गरेका छन ।

श्रेष्ठले ग्राहकलाई थप आकर्षित गर्न र सेन्टर प्लाजामा भिजिटरको आवागमन बढाउने कार्यक्रम राखिएको जानकारी दिए । उनका अनुसार प्लाजाले विभिन्न अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै जानेछ ।

आइतबार देखि सुरु हुने साप्ताहिक कार्यक्रममा फन्नि गेमहरू समेत खेलाइने छ । जसमा आकर्षक गिफ्ट ह्याम्परहरु रहेका छन । त्यस्तै विभिन्न ब्याण्डको लाइभ म्युजिक शोहरू समेत रहने श्रेष्ठले जानकारी दिए ।

साप्ताहिक कार्यक्रमको अर्काे आकर्षक पाटो भने लक्की ड्रको समेत रहेको छ । हरेक दिन प्लाजामा आउने ग्राहकलाई लक्की ड्र मार्फत लोभलाग्दो उपहार प्रदान गर्ने कार्यक्रम बनाइएको छ । यो बाहेक हरेक पसलले विभिन्न शीर्षकमा आकर्षक उपहार योजना ल्याएका छन । प्लाजाले यो अवसरमा बढी भन्दा बढी ग्राहकले भिजट गर्ने लक्ष्य लिएको छ ।