श्रीलंका टापु (सुनसरी)

काेसी नदिले धार परिवर्तन गर्दै हरेक दिन जमिन कटान गर्न थाले पछि सुनसरीकाे श्रीलंका टापुका स्थानिय त्रसित बनेका छन् । पछिल्लाे तीन वर्षमा ५ सय मिटर जमिन कटान गरेर नदि वस्ती तिर सरेकाे स्थानियले बताए  ।

सुनसरीकाे बराह नगरपालिका र उदयपुरकाे बेलका नगरपालिकाका ४ वडा  रहेकाे उक्त स्थानमा करिब १० हजारकाे बसाेबास रहेकाे छ । स्थानिय रूद्र श्रेष्ठले वर्षाका ४ महिना कठिन गरि दिन बित्ने गरेकाे बताए । 'रात दिन भन्न पाइँदैन, कतिबेला काेसी अाउने हाे र सुरक्षित स्थानमा जाने हाे भन्ने टुँगाे छैन', उनले भने ।

  IMG_1108 3

चतहरा नजिक देखि केहि तल नदि दुइ धारमा विभाजीत भएकाे छ । श्रीलंका टापु तिर रहेकाे नदिकाे धारले निरन्तर जमिन काटिरहेकाे देखिन्छ । खेतीपाती र वस्तुभाउ पालेर जीविका चलाउँदै अाएका स्थानिय हरेक साल बिस्थापित हुने गरेका छन् । सयाैं परिवार कृषिमा अाश्रित रहेकाे हुँदा यहाँका स्थानियकाे सुरक्षाका लागि राज्यले नदिकाे उचित तटबन्धन गरिदिन  माग रहेकाे छ ।

IMG_1142

बराक्षेत्र नगरपालिकाकाे ६ नम्बर वडा सदस्य समेत रहेका स्थानिय श्यामबहादुर लिम्बुले स्थानियले जाेखिमपुर्ण दैनिकी बिताउने गरेकाे बताए । हाल काेसी बगिरहेकाे स्थान व्यक्तिकाे निजि जग्गा रहेकाे भन्दै सरकारले मुअाव्जाका लागि समेत कुनै ध्यान नदिएकाे गुनासाे गरे ।