धरानः धरान–८ स्थित नवदुर्गा अटो प्यालेसले सुजुकी वर्गम्यान १२५ सीसीको स्कुटर भित्र्याएको छ । अग्रज पत्रकार हर्ष सुब्बाले स्कुटरमै चढेर विधिवत्रूपमा लञ्च गरे । कार्यक्रममा नेपालका लागि आधिकारिक बिक्रेता भि.सि.अटोमोबाइल्सका मार्केटिङ म्यानेजर एनके शरद, अग्रज पत्रकार राजेश विद्रोहीलगायतको उपस्थिति थियो ।
२.५ लिटरको पानीको बोतल राख्न मिल्ने, मोबाइल चार्जको लागि युएसवी पोर्ट, पिकअप बढाए पनि हेड ल्याम्प बाल्न सकिने, सिट ठूलो भएको, आकर्षक, सुविधाजनक, १४ इन्चको आकारको ट्युवलेस ठूला टायर, ७५०० आरपिएममा ८.७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता बोकको स्कुटरमा शक्तिशाली इन्जिन जडित रहेको नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले जानकारी दिए ।

स्कुटरको अग्रभागमा डिस्क ब्रेक, ५.६ लिटर क्षमताको पेट्रोल अट्न सक्ने, डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट, एलइडी टेल ल्याम्प जडित स्कुटरमा एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, पञ्जा राख्ने भाग समेत रहेको उनले बताए । ‘यो चौथो पुस्ताको हरेक चालकले खोजिरहेको एक सम्पूर्ण प्याकेजको स्कुटर हो’, सञ्चालक भुजेलले भने । यसको बजार मूल्य २ लाख २९ हजार ९ सय रूपैयाँ छ ।

‘ठूलो ज्यानको मानिस अट्नसक्ने, हिमाल, पहाड र तराई जतासुकै कुदाउन सकिन्छ’, उनले थपे, ‘त्यही भएर यो सबैको रोजाइमा पर्न सक्छ ।’ सुजुकी ब्राण्ड जापानिज कम्पनीको भएकोले ५ वर्षको वारेन्टी दिएको उनले बताए । धरान तथा आसपासका क्षेत्रमा बिक्रीपछिको सेवा प्रभावकारी रूपमा प्रदान गर्दै आएको नवदुर्गाले स्कुटरको लञ्चसँगै स्कुटर रयाली पनि आयोजना भएको थियो ।

4x4-sticker (1)