बेलबारीः मोरङको बेलबारी–२ मा १ साताअघि कुपीबाट सल्किएको आगोबाट जलेर सख्त घाइते भएकी एक महिलाको उपचारका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
कुपीको आगोबाट जलेर घाइते भएकी ४० वर्षीया भौली ऋषिदेवलाई उपचारका लागि नगरपालिकाले २० हजार सहयोग गरेको छ । केही दिन अघि राती कुपीमा मट्टितेल लगाउने क्रममा आगो सल्किँदा उनी जलेर घाइते भएकी थिइन् । उनको उपचारमा समस्या भएपछि मेयर ज्ञानेन्द्र सुवेदीले आफैँ चासो देखाएका थिए ।