इटहरी / इटहरीमा नै मुहान भएर इटहरी बजार भएर बग्ने टेंग्रा खोलामा पहिलो पटक सिटी र्याफ्टिङ संचालन भएको पनि १ बर्ष भएको छ । टेंग्रा खोलामा खर्च मात्रै हैन आम्दानी पनि गर्न र खोलाको अतिक्रमण कम गर्न यो परियोजना ल्याइएको थियो ।
इटहरीको वडा नम्बर चारले बनाएको टेंग्रा खोलामा व्यवशायिक सिटी र्याफ्टिङ संचालनको परिक्षण अध्ययनको लागी र्याफ्टिङ संचालन गरिएको थियो । पहिलो परिक्षणमा नै इटहरीमा सिटी र्याफ्टिङकाे संवानाको आशा सफल भएको सेवा प्रदायक सुरेश बस्नेतले बताए ।

  111 2
सिटी र्याफ्टिङको लागी थोरैमा एक फिट गहिरो पानी र चार मिटरको चौडाइ भएको खोलामा गर्न सकिने समेत गाइड बस्नेतले बताए । तमोर, अरुण, सुनकोशी लगायतका पुर्वका सबै नदि र खोलामा र्याफ्टिङ गराउने इजाजत प्राप्त सेवा प्रदायक रिभर डिप र्याफ्टिङका बस्नेतले इटहरीको चार नम्बर बडा क्षेत्रमा जमेको र बगेको दुवै खाले पानी भएकोले त्यहाँ बाढि बाहेका सबै समय र्याफ्टिङ संचालन हुने बताए ।
व्यवहारिक अध्ययनको लागी आफै र्याफ्टिङ गर्न पुगेका इटहरी– ४ का वडाअध्यक्ष चन्द्र भट्टराईले आफुले चुनावि घोषणापत्रमा टेंग्रामा र्या्फ्टिङ र बोटिङ गरेर पर्यटकिय हब बनाँउने कुरा गरेको र पुरा हुने लक्षण देखेर खुशी भएको बताए । ‘यो कुनै प्रोपागान्डा हैन यो व्यवहारिक अध्ययन थियो र हामी सफल भएका छौ’, भट्टराईले भने, ‘अध्ययन भएकैले सबैलाइ खबर समेत नगरेका थियौ।’
शनिवार सफल सिटी र्याफ्टिङ भएको इटहरीको टेंग्रामा बोटिङ र र्या्फ्टिङ बारेमा विज्ञ भेला गरेर प्रारम्भिक रिपोर्ट बुझाउन वडा नम्बर चार समितीले गत बर्षको असोज ६ गते बेग्लै समिती नै वडा बैठककबाटै बनाएको छ । वडा सदस्य डिबी राई संयाजक रहेको पाँच सदस्य समितिमा टेंग्रामा बोटिङ र र्या्फ्टि गर्न सकिने कुरा उठाँउदै आएका पर्यटन पत्रकार विराट अनुपम, पर्यटन पत्रकार शेखर ढकाल र स्थानिय अगुवा युवाहरु होमनाथ धमला र सुनील कार्की सदस्य रहेका थिए । समितिले चाँडै रिभर गाँइड, बातावरण इन्जिनियर र अन्य पर्यटनकर्मिसँग छलफल गरेर इटहरीमा जलविहार गर्न टेंग्रा खोलामा ७ फिट सम्मको पानी जमाएर गर्न सहजै सकिने पाइएको समिति सदस्य होमनाथ धमलाले बताए ।

3 1
यो आर्थिक बर्षमा टेंग्रा करिाडोरमा जलबिहार सहित वाटर पार्क अनि पैदल पथ र बगैचा र फलैचा बनाउन ४० लाख बजेट परेको छ । स्थानिय सरकार र प्रदेश सरकारले उक्त परियोजनाको लागी संयुक्त गरेको यो परिमाणको बजेट विनियोजन गरेका हुन ।