इटहरी: प्रदेश एकमै पहिलो पटक इटहरीमा मोटरसाइकल तथा स्कुटरको महामेला हुने भएको छ । यमाहा कम्पनीको आयोजना र तिरुपति अटोसिटि इटहरीको संयोजकत्वमा फागुन ८ देखि ११ गते सम्म इटहरी मेडिकल हाल छेउ महामेला आयोजना गरिने भएको हो ।

महामेलामा आयोजकले कुनै पनि ब्राण्डको मोटरसाइकल वा स्कुटिलाई न्यूनतम ३० हजारको मूल्याङ्कन गर्ने बताएको छ । तिरुपति अटोसिटिकाका प्रोपाइटर संजोग पराजुलीले जुनसुकै कम्पनीको सवारीसाधन आएपनि न्यूनतम ३० हजारको मूल्याङ्कन गर्ने बताएका हुन् । महामेलामा न्यूनतम मूल्याङ्कन ३० हजार तोकिनुका अतिरिक्त निःशुल्क बाइकको जाँच खरिदमा छ हजारको छुट लगायतका सुविधाहरू रहेको जानकारी पराजुलीले दिएका छन् ।

मेलामा साङ्गीतिक कार्यक्रम,स्लो बाइकिङ्ग प्रतियोगिता,प्रवेशमा पुरस्कार लगायतका विशेषता मेलामा रहनेछ ।

Mid page add from falgun 1st week 1