इटहरी: नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.को लागि सुनसरी जिल्लाको आधिकारिक वितरक ओम साई मोटो कर्प प्रा.लि.ले लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स सोमबारदेखि बजारमा ल्याएको छ । उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष शैलेसकुमार बिष्टको हातबाट लन्चिङ्ग गरिएको प्रबन्ध निर्देशक पारशमणि गेलालले बताएका छन् ।

किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा दिनेछ । यसको फराकिलो भित्री भाग र स्टाइलिष्ट (आकर्षक) बाहिरी भागले ग्राहकहरुलाई आकर्षित गर्नेछ । अति राम्रा विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको रु. ४७,९९,०००। मा र टप लेभलको रु. ५९,९९,०००। मा पाईनेछ ।

Mid page add from falgun 1st week 1
यसका अन्य कतिपय विशेषता छन्, जसमा ८ इन्चको टचस्क्रीन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिन्छ साथै एल.इ.डी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएकोछ ।

यो SUV गाडी डिजेल ईन्जिनमा XL, XV / XV प्रिमियम गरी तीन प्रकारका र पेट्रोल ईन्जिनमा XL / XV गरी दुई प्रकारका रहेकाछन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाईनेछन् ।
बिक्री प्रारम्भ गरिएको समारोहमा, ओम साई मोटो कर्पका प्रबन्ध निर्देशक पारशमणि गेलालले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासँग ल्याउन सकेकोमा खुसी व्यक्त गर्नुभयो, जसले नेपालीको अभिरुची पूरा गर्नेछ । साथै यसबारे नेपालीहरुमा रहेको उत्सुकता पूरा गरेको छ र हामीलाई विश्वास छ कार प्रेमी नेपालीहरुको मन जित्नेछ ।

यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ H4K को ५ स्पीड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ K9K DCI को ६ स्पीड म्यानुअल ट्रान्समिसन मा उपलब्ध छन् ।
यसको माइलेज क्षमता उत्तम मानिएकोछ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने ARAI ले प्रमाणित गरेको छ ।

यी गाडीहरु पायोनियरको नयाँ बिक्री कक्ष काठमाण्डौं उत्तरढोका र देशभरका बिक्री केन्द्रहरुबाट खरिद गर्न पाईनेछ ।

IMG_3403 - Copy

पायनियर मोटो कर्प
पायनियर मोटो कर्प निसान मोटर कम्पनी जापानको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हो । यसले निसान र ड्याटसनका उत्पादन देशभर बिक्री गर्दै आएकोछ । पायनियर कम्पनीसँग ललितपुरमा सर्भिस सेन्टर छ भने मुलुकभर १४ वटा डिलरहरुको सञ्जाल रहेको छ ।

निसान मोटर इण्डिया
निसान मोटर इण्डिया लिमिटेड निसान मोटर कम्पनी लिमिटेड जापानको १ प्रतिशतको सब्सिडियरी कम्पनी हो । निसान जापानसँग यो सन् २००५ देखि आवद्ध रहँदै आएको छ । यसले भारतमा एमयुभी, एसयुभी र सेडान सेग्मेन्टका गाडीहरुको उच्चस्तरीय रुपमा निर्माण गर्दै आएको छ । निसान मोटर इण्डियाको चेन्नई नजिक मोटर बनाउने कारखानाका साथै रिसर्च एण्ड डेभलपमेन्ट केन्द्र पनि रहेको छ । यसको रिनोल्टसँग पनि अन्तर्राष्ट्रिय साझेदारी रहेको छ । भारतमा निसान र ड्याटसन गाडी बनाउने दायित्व यसले लिएको छ ।

निसान मोटर कम्पनी
निसान मोटर कम्पनी जापानको विश्वप्रसिद्ध मोटर निर्माता कम्पनी हो र यसको विश्वव्यापी सञ्जाल छ । निसान, इन्फिनिटी र ड्याटसन ब्राण्डमा ६० भन्दा बढी प्रकारका मोटर यसले निर्माण गर्दछ । विश्वभरमा सन् २०१६ मा यसले ५.६३ मिलियन सवारी साधन बिक्री गरेको थियो र ११.७२ ट्रिलियन यान राजस्व जम्मा गरेको थियो । सन् २०१७ देखि २०२२ सम्मको ६ वर्षे महत्वकांक्षी योजनाको निसानले घोषणा गरेकोछ । जसअनुसार ३० प्रतिशतले आम्दानी बढाउने लक्ष्य निर्धारण गरिएकोछ । निसानले इलेक्ट्रिकल सवारी साधन बिक्रीमा पनि अग्रणी स्थान बनाउने उद्देश्यका साथ रणनीति बनाएकोछ ।

निसानका योकोहामाको कार्यालयले ६ वटा रिजनको व्यवस्थापन हेर्दछ । जसमा एशिया एण्ड ओसियाना, अफ्रिका, मध्यपूर्व र इण्डिया, चीन, युरोप, ल्याटिन अमेरिका र नर्थ अमेरिका पर्दछन् । निसानसँग २ लाख ४७ हजार ५ सय कामदारहरु छन् । फ्रेन्च कम्पनी रेनोल्टसँग सन् १९९९ देखि आवद्ध रहेकोछ । निसानले मित्सुविसीको ३४ प्रतिशत शेयर खरिद गरेपछि रिनोल्ट–निसान–मित्सुविसी मिलेर संसारकै ठूलो कम्पनी बनेको छ । यसबाट सन् २०१७ मा १०.६ मिलियन सवारी साधन बिक्री गरियो ।