बेलबारीः टाेलवासीलाई अायअार्जनका माध्यमबाट जीवस्तर माथि उठाउने अभिप्रायकासाथ बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेकाे सुन्दर टाेल विकास संस्थाले तीनदिने चाउखेती तालिम सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेकाे अादिवासी जनजाति भवनमा अाज एक कार्यक्रमविच बेलबारी नगरपालिका वार्ड नं ३ का वाडाध्यक्ष याेगेन्द्र सुवेदीकाे समुपस्थितीमा तालिमकाे समापन गरिएकाे थियाे ।

बेलबारी नगरपालिकाकाे अार्थिक लगानी तथा सुन्दर टाेलविकास संस्थाकाे अायाेजनामा सम्पन्न च्याउ खेतिकाे तालिममा सहभागीहरुले च्याउ खेतीका लागि अावस्यक पर्ने सामग्री तथा च्याउ खेती गर्ने तरिकाका वारेमा सिकेका थिए । टाेलविकासमा रहेका गरिव तथा विपन्न महिलालाई लक्षित गरेर संचालन गरिएकाे च्याउ खेती तालिममा टाेलभरिका २५ जना महिलाहरुले तालिम लिएकाे सुन्दर टाेलविकास संस्थाका अध्यक्ष खनेन्द्र कुमार राई (अर्जुन) ले जानकारी दिए ।

तीन दिन सम्म चलेकाे च्याउ खेती तालिमकाे सहजीकरण प्रशिक्षक वृजेष दाहालले गरेका थिए । समापन कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं ३ का वाडाध्यक्ष याेगेन्द्र सुवेदीले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । पछिल्लाे समयमा यस्ता तालिमहरु बारम्बार भैरहने गर्छन् । तर तालिम पछि भने अाय अार्जनमा स्थानीयहरु लागेकाे खासै पाईदैनन् ।

तसर्थ तालिम तालिमका लागि मात्र नभए अनय अार्जनका लागि गरिनु पर्ने सुन्दर टाेस विकास संस्थाका प्रमसख सल्लाहकार समेत रहेका तिलकप्रसाद राईकाे सुझाव रहेकाे थियाे ।