लेटाङ: लेटाङ उद्याेग वाणिज्य संघकाे अायाेजनामा फागुन १७ देखि २६ गते सम्म लेटाङ नगरपालिकामा लेटाङ एक्सपाे २०७५ संचालन हुने भएकाे छ । लेटाङ उद्याेग वाणिज्य संघले अाज पत्रकार सम्मेलन गरेर साे जानकारी दिएकाे हाे ।
लेटाङ नगरपालिका वार्ड नं ४ मा रहेकाे शिवालय मन्दिरकाे सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा लेटाङ उद्याेग वाणिज्य संघका महासचिव देवराज चाम्लिङले फागुन १७ देखि २६ सम्म "लेटाङ एक्स्पाे -२०७५" संचालन हुने जानकारी दिए । पत्रकार सम्मेलनमा दिईएकाे जानकारी अनुसार फाल्गुन एक्स्पाे फागुन १७ देखि २६ सम्म चल्ने छ ।
एक्सपाेलाई सफल पार्न ३ सय ५१ सदस्यीय एक्स्पाे मूल अायाेजक समिति र विभिन्न उपसमितिहरुकाे निर्माण गरिएका छन् । कृषि, पर्यटन रलाई प्रवर्धन दिने अभिप्रायले संचालन गर्न लागिएकाे एक्सपाेमा कृषि, पर्यटन, अटाेमाेवाईल, लगायतका १ सय ५० वटा स्टलहरु रहने छन् । एक्स्पाेमा झापा, माेरङ, धनकुटा तथा तेह्रथुम सम्मका २ लाख सर्वसाधारणले अवलाेकन गर्ने र एक्स्पाेबाट ५ कराेड वरावरकाे काराेवार हुने विश्वास गरेकाे छ ।
साे पत्रकार सम्मेलनमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, लेटाङ उद्याेग वाणिज्य संघका अध्यक्ष मित्र विमली, केन्द्रीय सदस्य ललित शिंखडा लगायतकाे सहभागिता रहेकाे थियाे । लेटाङ नगरपालिका प्रमुख शंकर राईले एक्स्पाेले अार्थिक समृद्धिका साथै नगरलाई चिनाउने काम गर्ने भएकाेले यसलाई सफल पार्नमा नगरपालिकाकाे पूर्ण सहयाेग रहने वताए । लेटाङ उद्याेग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद विमलीले एक्स्पाेलाई सफल पार्न सबैकाे सहयाेगकाे खाँचाे रहेकाे अाैल्याएका थिए । पत्रकारहरुले साेधेका प्रश्नहरुलाई एक्स्पाे अाेजक समितिका अध्यक्ष खड्ग श्रेष्ठले जवाफ दिएका थिए ।
एक्सपाेलाई प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेकाे अायाेजकले जनाएकाे छ ।