बेलबारी: एउटा नगरमा दुई दुई वटा सस्था भए पनि स्थानीय सरकारले चासो देखाएको छैन । स्थानीयतहको संरचना परिवर्तन हुँदा एउटै नगरमा भएका दुई वटा उद्योग वाणिज्य सघ एक हुन सकेका छैनन । मोरङका दई स्थानीयतहमा अहिले पनि दुई वटा उद्योग वाणिज्य सघहरु रहेका छन ।
मोरङको सुन्दरहरैचा तथा विराटनगर महानगरपालिकामा अहिलेसम्म पनि दुई वटा उद्योग वाणिज्य सघ रहेकाछन । विारटनगरमा अहिलेसम्म तीन वटा संस्था रहेका छन । विराट ब्यापार संघ,मोरङ ब्यापार संघ तथा उद्योग संगठन मोरङ रहेका छन ।
बिरोटचोकमा रहेको कोशी हरैचा उद्योग बाणिज्य संघ तथा सुन्दरदुलारी उद्योग बाणिज्य संघ वीच अहिले अस्तित्वको लडाई उत्कर्षमा पुगेको छ ।

राजनैतिक रुपमा भागबन्डा मिल्न नसक्दा दुई उद्योग वाणिज्य सघको लडार्इं समेत चलिरहेको छ ।  दुइ वटै साझा अस्तित्व भएका संस्थाहरु भएकाले एक हुन नसकेको सुन्दर दुलारी उद्योग बाणिज्य संघका अध्यक्ष किशोर कार्कीले बताए । उनले कोशी हरैचा उद्योग बाणिज्य संघ सँग समेत छलफल भईरहेको बताए ।
यता कोशी हरैचा उद्योग बाणिज्य संघका महासचिव सन्तोष वान्तवाले भने नगरपालिकालाई दुई उद्योग बाणिज्य संघ वीच एकीकरण गरिदिन पत्र नै पठाएको बताएका छन । संस्थाहरु एक नभए पनि कोशी हरैचा उद्योग बाणिज्य संघलाई चुनौति दिने उदेश्यले सुन्दरदुलारी उद्योग बाणिज्य संघले एक्स्पो लगाउदै छ ।
बेलबारीमा भने केही दिन अघि मात्रै दुई वटा उद्योग बाणिज्य संघ एक भएका छन ।