इटहरीः बिहीबारबाट इटहरीमा शुरु भएको शेर्पा बियर फुड फेष्टिबल एण्ड टुरिजम फेयरमा शुक्रबार बिहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अन्य समयको भन्दा फरक तरिकाले आयोजना गरिएको फुड फेष्टिबल एण्ड टुरिजम फेयरमा शुक्रबार क्वक रेस्क्यु टिम इटहरी सुनसरीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

महोत्सव स्थलमै भएको रक्तदानमा ३५ प्रिन्ट रगत सङ्कलन भएको कार्यक्रम संयोजक पूर्ण राईले बताए । धरानस्थित रेडक्रसको ब्लड बैंकको प्राविधिक सहयोगमा भएको रक्तदानमा सर्वसाधारण, घरजग्गा कारोबारी, क्वीक रेस्क्यु टिमका पदाधिकारी र राष्ट्रसेवक कर्मचारीले रगत दान गरेका थिए ।

क्वीक रेस्क्यु टिमले महोत्सव अवधिभर महोत्सव स्थलमा सरसफाइ गर्नुका साथै विविध सामाजिक काम गर्ने योजना अनुसार पहिलो दिन रक्तदान आयोजना गरिएको क्वीक रेस्क्यु टिम इटहरीका अध्यक्ष विक्रम लिम्बूले बताए ।

bood donation  (4) bood donation  (5) bood donation  (2) bood donation  (1) bood donation  (6)