विराटनगरः झापा, मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट असोज ३ गते १४ जनालाई लागू औषध सहित पक्राउ गरिएको छ ।
झापाको मेचिनगर नगरपालिका ७ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४४ वर्षिय नारायण किसानलाई १० ग्राम ९ सय मिलिग्राम लागू औषध ब्राउन सुगर, ३३ वर्षिय संजित राजबंशि र ३१ वर्षिय प्रबिण उराउलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका १ का २५ वर्षिय किरण साम्बा लिम्बु र २५ वर्षिय रोशन राईलाई १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका १ का २३ वर्षिय करण राईलाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित, ६६ वर्षिय सुक्र बहादुर तामाङ र २५ वर्षिय सन्दिप राईलाई ३१ ग्राम ११० मिलिग्राम लागू औषध गाँजा सहित र प्रहरी चौकी सिक्टिले कानपोखरी गाउँपालिका ६ का २४ वर्षिय विक्रम गुरुङ र २१ वर्षिया केविना गुरुंङलाई ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालीका १० स्थितबाट को १ च ८२७९ नम्बरको टाटा पिकअपमा राखेको १ हजार ४ सय ५४ किलो ८७० ग्राम लागू औषध गाँजा फेला पारी चालक भोक्राहानरसिंह (५ का ३० वर्षिय राम बहादुर यादवलाई पिकअप सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले देश भारत बिहार का २० वर्षिय बिपिन कुमार यादवलाई ८३० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ९ का ३४ वर्षिय मौसम लिम्बु र ३४ वर्षिया मनिसा लिम्बुलाई ५४० मिलिराम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।




















