इटहरीः भारतीय नम्बरप्लेटको गाडीबाट चारवटा पेस्तोल बरामद भएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार बेलुका पर्साको वीरगन्ज महानगरपालिका– १५, वास्तुविहार चोकबाट पेस्तोल बरामद गरेको हो। 


ब्युरोको टोलीले दुईवटा सिक्सर र दुईवटा कटुवा पेस्तोल बरामद गरेको हो। शंकास्पद अवस्थामा गाडी रोकिराखेको अवस्थामा ती हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, गाडीबाट एसएलआरका ६ राउन्ड गोलीसमेत बरामद भएको छ। 


बरामद पेस्तोल, गाडी र गोली थप अनुसन्धानका लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।