इलामः इलाम जिल्लाको देउमाई नगरपालिका –०१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बिहिबार प्र १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिएर दुर्घटना हुँदा चालक देउमाई नगरपालिका –०१ चमैता बस्ने अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको सोही गाडीले थिचिएर घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा सहितको टोली खटिगई आवश्यक कानुनी प्रकृया अगाडी बढाएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।




















