इटहरीः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । आज उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् । 


मन्त्री यादवको सचिवालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् । उद्योगमन्त्री यादव र उद्योग व्यवसायीबिच पछिल्लो समय टिकाटिप्पणी भइरहेको थियो ।