नवलपुरः भोटेकोशी बाढीले बगाएर ल्याएको २६ जनाको शव नारायणी नदीको पश्चिमी किनार र यसका विभिन्न भङ्गालामा फेला परेका छन् ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायका अनुसार १२ पुरुष, ३ महिला, ४ बालिका र एक बालक तथा ६ वटा विभिन्न फरक फरक अङ्ग भेटिएका हुन् ।
सबै शवलाई नगर अस्पताल गैँडाकोटमा राखिएको र सबै शवको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानै विभिन्न स्थानमा आठ–नौ शव फेला परेको स्थानीयबाट खवर आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।




















