चितवनः  रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बगेका ६४ वटा शव चितवनमा हालसम्म फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार शव खोजी कार्य जारी रहेकाले जिल्लामा अझै सयौँ शव फेला पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार बिहान सूचना प्रकाशित गर्दै बाढीका कारण देशले अपूरणीय क्षति व्यहोर्नुपरेको जनाएको छ । चितवनमा मात्रै बिहीबार बिहानसम्म ६४ वटा शव फेला परेको र शव खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

प्रशासनका अनुसार प्रारम्भिक अवस्थाको मूल्याङ्कन गर्दा जिल्लामा अझै सयौँ शव फेला पर्न सक्ने सम्भावना देखिएको छ । शवको खोजी जारी रहेकाले शव राख्ने स्थानको अभाव हुन सक्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।