इटहरीः ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।

नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो।

सहमति भएपछि आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसको व्यवस्था गरी ऋणीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको हो।

13082343-78e6-49f6-a0f8-5852104aba1b

विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत बिदाइ गरिएको थियो।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत विभिन्न जिल्लाबाट आएका ऋणीहरूलाई बसमार्फत आ–आफ्नो क्षेत्रतर्फ पठाइएको हो।

सरकारसँग भएको १४ बुँदे सहमतिपछि आन्दोलन स्थगित भएसँगै लामो समयदेखि धर्नामा रहेका ऋणीहरू घर फर्किएका हुन्।

47a3ab31-b7fd-492b-a5cd-31688144b33e