इटहरीः इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला आज(आइतबार)देखि सुरु भएको छ ।
जगदम्बा मोटर्स प्रालिको आयोजनामा इटहरीको पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्समा चैत्र १ गते आइतबारदेखि चैत्र ६ गतेसम्म ‘टिभिएस एक्सचेञ्ज मेला’ सञ्भालन भएको हो ।
मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ।
यसका साथै मेलामा अनुभवी भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको उच्च मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ। ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस बाइक वा स्कुटर खरिद गर्न सक्नेछन्।
पारस अटोमोवाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार सहज प्रक्रिया र लाभदायी अफरका कारण मेलामा ग्राहकको आकर्षण बढ्ने विश्वास गरिएको छ।
जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक अमित चौहानले जुनसुकै ब्रान्डका मोटरसाइकल ल्याएर उच्च मूल्याङ्कन प्राप्त गरी छुटसहित नयाँ बाइक खरिद गर्ने अवसर मेलाले उपलब्ध गराउने बताए। हाल नेपाली बजारमा टिभिएसका २३ भन्दा बढी मोडेल उपलब्ध रहेको कम्पनीले जनाएको छ।




















