इटहरीः एमाले र कांग्रेसको गढ भत्काउँदै सुनसरी ३ बाट रास्वपाका उम्मेदवार अशोककुमार चौधरीले विजयी हासिल गरेका छन् । उनले ४७ हजार ४ सय २१ मत प्राप्त गरेका छन् । 

उनले भारीमतान्तरले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित गरेका हुन् । रास्वपाका चौधरीले  २५,७२५ मतान्तरले विजय गच्छदारलाई पराजित गरे ।  उनका निकटतम प्रतिद्धन्दी  नेपाली कांग्रेसका गच्छदारले १९,६१० मत पाए ।  यसअघि सोही निर्वाचन क्षेत्रबाट गच्छदारलाई पराजित गरेकी नेकपा एमालेकी  भगवती चौधरीले  १४,५६० मत पाएकी छन् ।

WhatsApp Image 2026-03-08 at 08.02.43

श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले १ हजार ७ सय ८० मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दुर्गेशकुमार चौधरीले १ हजार ५ सय ५१ मत मात्र पाएका छन् । राप्रपाका घनश्याम गुरुङले ८ सय ८५ मत मात्र पाएका छन् ।