इटहरीः  फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको रहने छ किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्य बताउछन्। 

आचार्यका अनुसार काठमाडौँमा साँझ ६स्०४ बजे चन्द्रमाको उदय हुने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाले ढाकिएको हुने छ । यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म मात्र स्पष्ट रूपमा देख्न सकिने छ । साँझ ७स्०४ बजेपछि चन्द्रमा बिस्तारै पृथ्वीको मुख्य छायाबाट बाहिर निस्कने छ ।

चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता पर्दैन । सूर्यग्रहण जस्तो यसले आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट यसलाई स्पष्ट र सुरक्षित रूपमा हेर्न सकिने उनी बताउछन् । नेपालबाट यो ग्रहणपछि अब विसं २०८४ मा मात्र खण्डग्रास सूर्यग्रहण देखिने उनले बताए ।