इटहरीः सुजन लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सक्रिय युवा नेता हुन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उनी युवा छन् । युवाहरुको नेतृत्व गरिरहेका उनी यो पटकको चुनावबाट आफ्नो क्षेत्रकै नेतृत्व गर्न खोजिरहेका छन् ।
थोरै बोल्ने सुजन भाषण होइन, काम गर्नुपर्छ भन्ने धारणा राख्छन् । गफ दिन र भाषण गर्नभन्दा काम गर्न रुची रहेकोले उनले आफू अहिले जिम्मेवारीको खोजीमा सांसद बन्न चुनावी मैदानमा होमिएको बताउँछन् ।
४१ वर्षिय सुजन, भक्त लामा र कला लामाका जेठा छोरा हुन् । सामाजिक काममा जीवनलाई सुम्पिएको परिवारमा उनी जन्मिएका थिए । पिता भक्त लामा मजदुर नेता, किसान संगठक थिए । उनी अहिले इटहरी वडा नं ४ का वडाध्यक्ष छन् ।
सुजनले सानै हुँदा एमालेको जुलुसमा सहभागि भएको अनुभव संगालेका छन् । बुवासँगै जुलुसमा जाँदा एमालेको झण्डा बोकेका उनी एमालेमा सक्रिय भए । त्यसबिचमा उनले पार्टीको जिम्मेवारीसँगै सामाजिक काममा आफूलाई सक्रिय बनाए । ुसामाजिक कार्यका बखत मैले पार्टी हेरिनँ, क्षेत्र हेरिनँ, जहाँ आवश्यकता पर्यो, त्यहाँ पुगेँ,’ उनले भने ।
उनले छिमेकीहरू वैदेशिक रोजगारीमा पलायन भएको, युवाहरू रोजगारीका लागि संघर्षरत भएको, र परिवारहरूले परम्परा र परिवर्तनबीच सन्तुलन खोजेको देखे । गाउँघरमा, शहर बजारमा त्यसको कहालीलाग्दो प्रभाव पनि देखे । शहरीकरण तीव्र बन्दै जाँदा र नेपाल लामो समय राजनीतिक संक्रमणको चरणमा प्रवेश गर्दा, सुजनले लागु औषध प्रयोगबाट समाजले भोगिरहेको कालो कुरुप परिस्थिती पनि देखे ।

सुनसरी र वरपरका क्षेत्रमा धेरै युवाहरू लागूऔषधको लतमा फँस्दै थिए । उनीहरु निरन्तर हिंसातर्फ प्रेरित थिए । उनीहरुलाई मार्गदर्शनको अभाव थियो । सुजनले यो दृश्यलाई टाढाबाट हेरेर बसेनन् । उनले त्यस्ता युवालाई पुनस्र्थापना गर्ने, परामर्शको श्रृंखलामा ल्याउने, र दुव्र्यसनको लत तथा हिंसाबाट बाहिर निस्कन खोज्नेहरूका लागि साना अवसरहरू सिर्जना गर्ने काम थाले ।
उनले भित्र भित्रै यस्ता काम गरि नै रहे । कसैलाई देखाउन, बिकाउन वा प्रचार गर्नका लागि उनले गरेका थिएनन् । कसैले देखोस्, नदेखोस्, पीडामा परेका धेरै परिवारले उनले गरेको प्रयास र योगदान देख्यो । लागुऔषध र हिंसाको चपेटमा परेका परिवारका वृद्ध आमाबुवाका गहभरी भरिएका खुसीका आँशुले धन्यवाद दियो । सुजन यसमै आनन्दित थिए ।
सुजनका लागि युवाहरु कुनै मतदाता समूह मात्र होइनन् । उनीहरू राष्ट्रको आधारशिला हुन् ।
नेपालजस्तो विकासोन्मुख देशमा, जहाँ युवाहरू अवसरको खोजीमा घर छोड्न बाध्य छन्, गाउँ र सहरहरू बिस्तारै रित्तिँदै गएका छन् । घरहरू छोराछोरीविहीन, समुदाय ऊर्जा विहीन, र भविष्य निरन्तरताविहीन बन्दै छन् । सुजन विश्वास गर्छन्, ‘यो चक्र तोड्नुपर्छ र युवाहरु जुट्ने हो र अरु उमेर समुहले सहयोग गर्ने हो भने परिवर्तन अवश्य आउनेछ । अवसर भएन भने सिर्जना गर्नुपर्छ । विदेश वा टाढाका सहरमा मात्र होइन, हामी बसेकै शहरमा केही गर्नुपर्छ ।’
शिक्षा क्षेत्रमा पनि उनी धेरै सम्भावना देख्छन् । सुनसरीको क्षेत्र नं २ सँग शैक्षिक केन्द्र बन्ने सबै आधारहरू छन् । तर अवसरहरुबाट वञ्चित निम्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई समान पहुँच सुनिश्चित गर्न आवश्यक छ । त्यसो गरियो भने, भावी पुस्तालाई देशका कुनै पनि क्षेत्रमा बराबरीका अवसर दिन सकिन्छ भन्ने उनको तर्क छ ।
स्वास्थ्य अर्को अत्यन्त जरुरी क्षेत्र हो । तीव्र शहरी विकासका बाबजुद सुनसरी–२ मा स्वास्थ्य पूर्वाधार अझै पछाडि छ । गम्भीर उपचारका लागि परिवारहरू आज पनि ठूलो आर्थिक र भावनात्मक मूल्य चुकाएर धरान, विराटनगर, वा काठमाडौं धाउन बाध्य छन् ।

व्यापार व्यवशाय गर्ने युवाहरुलाई पनि प्रबद्र्धन हुने खालको नीति र व्यवस्था लागु गर्ने सन्दर्भमा सरकारले ध्यान दिन नसक्दा युवाहरु उत्साहित छैनन् र विदेश पलायन भइरहेका छन् । व्यापारको वातावरण बनाउनका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने, रोजगारीको अवसर सृजना गर्नका लागि ठूला परियोजना र व्यवशायहरुलाई यस क्षेत्रमा भित्राउन पहल गर्नुपर्ने आवश्यकता उनी देख्छन् ।
बालबालिकाहरुदेखि ज्येष्ठ नागरिकहरुसम्मलाई खेलकुद, योग र कसरतका लागि उत्प्रेरित गर्नुपर्ने आवश्यकता उनी देख्छन् ।
यस क्षेत्रमा भइरहेको संगीत, कला, साहित्यसम्बन्धि गतिविधिलाई प्रबद्र्धन गर्दै साहित्यिक, कला उत्सव गर्ने, संगीत र कलाको विद्यालय खोल्ने कार्य पनि उनले आवश्यक देखेका छन् ।
यस्तै सुनसरी क्षेत्र नं २ मा तालतलैया, प्रणामी मन्दिरलगायत धेरै पर्यटकीय क्षेत्रहरु छन्, तिनको प्रचारप्रसार र विकासमा ध्यान दिने हो भने त्यसले आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्धत गर्ने उनको विश्वास छ ।
सबैजसो पालिकाहरुमा बाढीको समस्या नियन्त्रण गर्न तटबन्ध र नदी नियन्त्रणका अन्य उपायहरुको खोजी गर्ने र बजेटका लागि पहल गर्ने काम गर्नुपर्ने आवश्यकता छ ।
अव्यवस्थित बसोबासको समस्या समाधानका लागि पनि मजबुत ढंगले पहल गर्नुपर्ने आवश्यकता छ । भने इटहरीलाई बाइपास बाटोहरुले जोड्ने र करिडोर बनाएर यहाँका किसानहरुले गरेका उत्पादनलाई बजारसम्म ल्याउने कार्यलाई सहज बनाउन पहल गर्नुपर्ने देखिन्छ ।
सुजन युवा हुन् र युवाको भावना बुझ्छन् । जेन्जीहरुले राखेका मागलाई बुलन्द गरेर सदनभित्र उठाउने उनको प्रतिबद्धता छ । यस्तै, आवाज उठाउने मात्र होइन, उनी एग्रेसिभली काम पनि गर्न सक्छन् । युवाहरुलाई एकजुट बनाउन सक्छन् । युवाका साथै महिलाहरुको पनि सीप विकास र शिक्षामा जोड, ज्येष्ठ नागरिकहरुलाई भत्ता बढाउनुका साथै स्वास्थ सुविधा वृद्धिका लागि पहल गर्ने उनको योजना छ ।




















