इटहरीः सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा आयोजित जनता(मतदाता)सँग प्रत्यक्ष संवाद(ककस) कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी २ का प्रत्यक्ष तर्फका उम्मेदवार लालबिक्रम थापा सहभागी नै भएनन् । उनी जनताको प्रश्नबाट भागेका छन् । 

बुधबार इटहरी १६ हर्दियामा रहेको बालग्राम टोल विकास समितिले आयोजना गरेको सुनसरी २ नम्बर क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारी दिएका बिभिन्न पार्टीका उम्मेदवारसँग मतदातासँग उम्मेदवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । थापालाई समेत कार्यक्रममा पत्रचार र फोन गरि सहभागीताका लागि अनुरोध गरिएको थियो । उनले सुरुमा पार्टीको निर्देशनका कारण अन्तरक्रियामा सहभागी नहुने जवाफ दिएका थिए । अन्तरक्रियाको अघिल्लो साँझ आउने वाचा गरेका थिए , तर कार्यक्रममा भने उनी सहभागी नै भएनन् । निर्धारित चुनावी घरदैलोमा व्यस्तता देखाएर सो अन्तरक्रियामा सहभागी नै भएनन् । सो टोल विकास समितिले आयोजना गरेको अन्तरक्रियामा नयाँ र पुराना दलहका १२ जना उम्मेदवारहरु सहभागी भई जनता(मतदाता)हरुको प्रश्नको सामाना गरेका थिए । थापाले समेत सहभागी भई आफुलाई सोधिएका प्रश्नहरुको सामना गर्ने अन्तरक्रियामा सहभागी हुने आशा राखेका थिए ।  तर उनको सहभागीता नपाएपछि उनका सर्मथकहरु समेत निराश भएका थिए । 

WhatsApp Image 2026-02-18 at 20.22.42

सहभागी धेरैले उनको खोजी गरेका थिए । प्रदेश पोर्टल डटकमको लाईभमा पनि धेरैले उनको अनुपस्थितीका बारेमा जनताले अनेक टिकाटिप्पणी गरेका थिए । 

सुनसरी २ बाट उम्मेदवार बनेका थापा विरुद्ध जिल्ला अदालत सुनसरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा जनता माध्यामिक विद्यालयको जग्गा भाडामा लिई ७४ लाखबढी रकम नतिरी अनियमितता गरेको आरोपमा मुद्धा दर्ता भएको थियो । ती दुई निकायमा दर्ता भएको मुद्धा विचाराधिन अवस्थामा रहेको छ । सोही बिषय जनता(मतदाता)बाट आउन सक्ने भएकाले थापा अन्तरक्रियाबाट भागेको मतदाताहरुले दावी गरेका छन् । बालग्राम टोल विकास समितिका निर्वतमान अध्यक्ष देविप्रसाद भट्टराईले जनता माध्यामिक विद्यालयको भाडा अनियमितताको बिषयमा थापा विरुद्ध लागको मुद्धाका बिषयमा सप्रमाण जनता(मतदाता)सँग राख्ने उपयुक्त अवसर थियो । तर थापाले सो सुनौला दुई अवसर गुमाएको भट्टराईले बताए । 

WhatsApp Image 2026-02-20 at 07.03.56

इटहरीका जेनजी नेता अतित राईले जतता माध्यामिक विद्यालयको भाडा नतिरि थापा समेतहको कम्पनीका बारेमा आफु थापाकै मुखबाट ककसमार्फत सुन्न चाहेको तर नआएका कारण उनीमाथि विश्वसा गर्ने आधारहरु नै सकिएको बताए । उनले प्रश्न गरे चुनावअघि जनतासँग आएर आफु विरुद्ध उठेका बिषयमा सफाई दिन नसक्ने नेताले भोली जितेर गईहाले भने कसरी काम गर्न सक्छन् त ? म जस्ता जेनजीहरुले अब कसरी रास्वपाको चुनाव चिन्ह घण्टीमा मतदान गर्ने ? थापाले भने पटक पटक जनता माध्यामिक विद्यालयको भाडा नतिरेको र अनियमितता गरेको भन्ने बिषयमा आफ्नो कुनै गल्ती नभएको जिकिर गर्दै आएका छन् । 

बिहिबार इटहरी जेसिसले इटहरीको पश्चिमलाईन स्थित म्याजिक स्टेन्डमा आयोजना गरेको प्रत्यक्ष संवाद(ककस)मा पनि थापा सहभागी भएनन् । जेसिसले सुनसरी २ र ३ का उम्मेदवारहरुलाई ककसमा सहभागी हुने सार्वजनिक रुपमै आह्वान गरेको थियो । कतिपय मुख्यप्रतिष्पर्धी दलहका उम्मेदवारहरुलाई फोन नै गरेर सहभागीताका लागि अनुरोध गरेको थियो । तर थापाले पार्टीले जनताको घरदैलोमै पुगेर जनताहरुको प्रश्नको जवाफ दिनु तर सार्वजनिक रुपमा आयोजना गरिएका ककसमा सहभागी नहुन निर्देशन जारी गरेको जनाउँदै थापा सहभागी नै भएनन् । थापाले पार्टीको निर्देशन भन्दै जनताको प्रश्नबाट भागेता पनि सोही पार्टीका तर्फबाट सुनसरी ३ बाट उम्मेदवारी दिएका पूर्व सांसद समेत रहेका अशोक चौधरी भने जेसिसको ककसमा कार्यक्रममा सहभागी भए । उनी साढे ३ घण्टा जनता(मतदाता)सँग बिचमै रहेर जनताका प्रश्नहरुको सामना गरे ।

WhatsApp Image 2026-02-20 at 06.07.42

उनले ककसको अन्तिम समयमा दुई तिहाई सरकार नभने जेनजी आन्दोलनको मर्मम अनुसार संविधान संशोधन गरि भ्रष्टाचार नियन्त्रणमा कसैले पनि काम गर्न सक्ने अवस्था नरहने र फेरीपनि पुरानै दलहरुको हालीमुहाली हुने जनाउँदै दुई तिहाईका लागि रास्वपालाई मत नहाल्ने देश विरोधी भएको अभिव्यक्ति दिएपछि चौधरीको ककसमा सहभागी मतदाताहरुले तत्काल प्रतिवाद गरेका थिए । उनी र उनको पार्टी विरुद्ध सहभागीहरुले नाराबाजी नै लगाएका थिए । उनले सोको समेत सामना गरेका थिए । विवाद बढ्दै गएपछि उनलाई सहभागीहरुले लखेटेका थिए । उनलाई प्रहरीले सुरक्षाप्रदान गरि सुरक्षित स्थान तर्फ लगेका थिए । उनी निकट नेताहरुले भने जेसिसको ककसमा परिर्वतन नचाहाने पुरानै दलका कार्यकर्ताहरुले अनावश्यक बिषयमा विवाद झिकेर उम्मेदवार र पार्टीको विरोध गरेको दावी गरेका छन् । सुनसरीको २ र ३ नम्बर क्षेत्रबाटै पुरानादलले हार्ने र रास्वपाले जित्ने निश्चित भएपछि आत्तिएकाहरुले विवादमा ल्याउने खोजेपनि खास मतदाता(जनता)ले कसलाई मत हाल्ने भन्ने निर्णय गरिसकेको ती नेताहरुले दावी गरे । 

WhatsApp Image 2026-02-20 at 07.02.37

पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार जनताका घर दैलोमै पुगेर उनीहरुको प्रश्नको जवाफ देशभरका निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरु तयार रहेको र दिईपनि रहेको रास्वपाका नेताहरुले बताएका छन् । रास्वपा सभापति लामिछानेले हिजो(बिहिबार) सुर्खेतमा आयोजित चुनावी आमसभामा बोल्दै सार्वजनिक बहसको ठेक्का कसैलाई नलिन आग्रह समेत गरेका थिए ।