काठमाडौंः प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरूले राष्ट्रिय राजनीतिमा स्थापित र चर्चित उम्मेदवारसँग प्रतिस्पर्धाका लागि महिला उम्मेदवार रोजेका छन् । पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वमन्त्रीलगायतका चर्चित पुरुष नेतासँग ‘जित्न सकिँदैन’ भन्ने मानसिकताका साथ महिला उम्मेदवार अघि सार्ने गरेको महिला नेतृहरूको गुनासो छ ।
महिलाले चर्चित अनुहारसँगको प्रतिस्पर्धालाई ‘आङ्खनै दलभित्रको हेपाहा प्रवृत्तिविरुद्धको समेत लडाइ’ भएको बताएका छन् । जीत निश्चित छ भन्ने आन्तरिक मूल्यांकन भएका ठाउँमा पार्टीका शीर्ष नेता तथा पुरुषहरू उम्मेदवार हुने र जोखिम हुने तथा प्रतिस्पर्धी दलको पल्लाभारी भएका ठाउँमा महिला उम्मेदवार दिएर च्याँखे थाप्ने प्रवृत्ति यो निर्वाचनमा पनि भएको दलभित्रकै दोहोरिएको महिला नेतृको गुनासो छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेतासँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसले झापा–५ मा मन्धरा चिमोरियालाई अघि सारेको छ । यो क्षेत्रमा अघिल्लो निर्वाचनमा पनि कांग्रेसले क्षेत्रीयस्तरको नेतृ अघि सारेको थियो । कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न चितवन–२ मा महिला उम्मेदवार अगाडि सारेको छ ।
चितवनकी मीनाकुमारी खरेललाई लामिछानेसँग प्रतिस्पर्धी बनाएको छ । एमालेले पनि लामिछानेसँग प्रतिस्पर्धा गर्न स्थानीय अस्मिन घिमिरेलाई अगाडि सारेको छ । कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गर्न रुकुमपूर्वमा स्थानीय नेता कुसुमदेवी थापालाई उम्मेदवार बनाएको छ ।
प्रचण्ड, रवि, बालेन र ओलीले उम्मेदवारी दिएको क्षेत्रमा नेपाली कांग्रेसले महिला उम्मेदवार अघि सारेको छ । सिराहा–४ मा कांग्रेसले ४ जना पूर्वमन्त्रीसँग प्रतिस्पर्धाका लागि ४३ वर्षीया चन्द्रकलाकुमारी यादवलाई उम्मेदवार बनाएको छ । चन्द्रकलाकुमारीले पूर्वमन्त्री तथा नेकपा एमालेका नेता धर्मनाथप्रसाद साह, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो र विश्वेन्द्र पासवानसँग प्रतिस्पर्धा गर्दैछिन् ।
कांग्रेसले रास्वपा उपसभापति डोलप्रसाद ९डीपी० अर्यालसँग प्रतिस्पर्धा गर्न नानु बाँस्तोलालाई अघि सारेको छ । बाँस्तोला केन्द्रीय समिति सदस्य हुन् । योसँगै नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ११ जना महिलालाई उम्मेदवार बनाएको छ । कांग्रेसले २० पटकभन्दा बढी मन्त्रालय सम्हालेका ४४ वर्ष लोमो संसदीय राजनीतिको अनुभव बोकेका शरतसिंह भण्डारीसँग प्रतिस्पर्धा गर्न किरण यादवलाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाई ंले झापा–२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरसँग प्रतिस्पर्धा गर्दैछिन् । कांग्रेसले टिकट दिएका महिला उम्मेदवारहरू उत्साह र चुनौती साथसाथ लिएर अघि बढिरहेको सहमहामन्त्री डिना उपाध्यायले बताइन् । ‘यो अवसर र चुनौती दुवै हो, विगतमा भन्दा बढी महिलालाई प्रत्यक्ष उम्मेदवार बन्न सकिन्छ भन्ने सन्देश दिन सफल भयौं, यो धेरै महत्वपूर्ण कुरा हो,’ उपाध्यायले भनिन् ।
नेकपा एमालेले १० जना महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाएको छ । एमालेबाट उम्मेदवार भएका महिलाहरू पनि प्रतिस्पर्धी पार्टीका चर्चित अनुहारसँग प्रतिस्पर्धा गरिरहेका छन् । देशव्यापी माहौल बनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेसँग एमाले नेतृ भगवती न्यौपाने प्रतिस्पर्धा गर्दैछिन् ।
एमाले नेतृ भगवती चौधरी कांग्रेसबाट पटक पटक चुनाव जितेका नेता विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्दैछिन् । गच्छदार २०३८ सालदेखि संसदीय राजनीतिमा हाबी पात्र हुन् । विभिन्न दल बदल गरेर पञ्चायतदेखि अहिलेसम्म प्रभाव बोकेका पात्रसँग चौधरीले पनि चुनाव जितेर इतिहास बनाइसकेकी छन् । यस्तै, एमालेबाट उम्मेदवार भएकी जुलीकुमारी महतो ९महासेठ० अर्को चर्चित क्षेत्रमा उम्मेदवार बनेकी छन् ।
रास्वपाका चर्चित नेता तथा प्रवक्ता मनिष झा र कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिसँग जुलीले प्रतिस्पर्धा गर्दैछिन् । एमालेबाट महोत्तरी–४ मा उम्मेदवार भएकी निलम अधिकारी पनि पूर्वमन्त्री तथा पटक–पटक सांसद भइसकेका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछिन् । यो क्षेत्रमा कांग्रेसका तर्फबाट निवर्तमान सांसद तथा पूर्वराज्यमन्त्री महेन्द्रकुमार राय उम्मेदवार छन् भने २०६३ सालको अन्तरिम संसद् र संविधानसभा सदस्य नेपाली कम्युनिस्ट पार्टीका भरतप्रसाद साहसँग प्रतिस्पर्धा गर्दैछिन् ।
एमालेका तर्फबाट बारा–३ मा उम्मेदवार भएकी ज्वालाकुमारी साह नेपाली कांग्रेसका उपसभापति फरमुल्लाह मन्सुरसँग प्रतिस्पर्धा गर्दैछिन् । मोरङ–६ मा रास्वपाले रुविना आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्यले मोरङ–६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमालेका नेता विनोद ढकालसँग प्रतिस्पर्धा गर्दैछिन् । कोइराला र ढकाल पुरानो राजनीतिक विरासत बोकेका नेता हुन् । मधेसमा रास्वपाले पुष्पा चौधरी, गौराकुमारी यादव र नीतिमा कार्कीलाई उम्मेदवार बनाएको छ ।
उनीहरूले पनि पटक–पटक सांसद भइसकेका अनुभवीहरूसँग प्रतिस्पर्धा गर्नेछन् । रास्वपाबाट उम्मेदवार बनेकी सामाजिक अभियन्ता आशिका तामाङको मुख्य प्रतिस्पर्धा आफू जन्मनुभन्दा ६ वर्षअघि राष्ट्रिय पञ्चायत सदस्य भइसकेका संसदीय राजनीतिका खेलाडी राजेन्द्र पाण्डेसँग हुँदैछ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार भएका पाण्डे पटक पटक संघीय मन्त्री तथा एक पटक बागमती प्रदेशको मुख्यमन्त्री भइसकेका हेभीवेट उम्मेदवार हुन् । यहाँ नेकपा एमालेका तर्फबाट पूर्वसांसद भूमि त्रिपाठी पनि प्रतिस्पर्धामा छन् ।
नेपाली कम्युनिस्ट पार्टीले पनि चर्चित उम्मेदवार हरूसँग प्रतिस्पर्धामा महिला उम्मेदवारलाई नै अघि सारेको छ । नेकपाले नवलपरासी पश्चिम–१ बाट कांग्रेसका विनोद चौधरीसँग प्रतिस्पर्धा गर्न सिन्धु जलेसा बुढाथोकीलाई अगाडि सारेको छ । काठमाडौं–५ मा नेकपा एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलसँग प्रतिस्पर्धा गर्न नेपाली कम्युनिस्ट पार्टीले कल्पना शर्मालाई उम्मेदवार बनाएको छ ।
झापा–२ बाट निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानासँग प्रतिस्पर्धा गर्न धर्मशिला चापागार्इं लाई अगाडि सारेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ११ जना महिलालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ भने एमालेले १२ जनालाई उम्मेदवार बनाएको छ ।
प्रत्यक्षतर्फ रास्वपाले सबैभन्दा धेरै १६ जनालाई उम्मेदवार बनाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । जेनजी आन्दोलनपछि युवा प्रतिनिधित्वमा बाध्यात्मक सुधार आए पनि महिला सहभागिता र महिला युवाको सहभागितामा अझै सुधार नआएको युवा संस्था सञ्जाल आयोगकी अध्यक्ष सुजता बराल बताउँछिन् ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।
















