धरानः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि  सुनसरी क्षेत्र नं  १ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ।

यसअघि उम्मेदवार बनाइने भनिएका सूर्य पान्धाकको स्थानमा टीकाराम माङ्लेनलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। एमालेको केन्द्रीय निर्णयअनुसार सुनसरी–१ बाट अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्षसमेत रहेका माङ्लेनलाई टिकट दिइएको हो।

यसअघि सार्वजनिक गरिएको उम्मेदवार सूचीमा सूर्य पान्धाकको नाम रहे पनि अन्तिम समयमा सुनसरी–१ को उम्मेदवारमा हेरफेर गरिएको एमालेले जनाएको छ।

धरान उपमहानगरपालिका समेत समेटिएको सुनसरी–१ मा उम्मेदवार परिवर्तन भएपछि स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ। एमालेले निर्वाचनको तयारी तीव्र बनाउँदै उम्मेदवारलाई केन्द्रमा राखेर अभियान अगाडि बढाउने जनाएको छ।

यहि क्षेत्रबाट प्रगतिशिल पार्टीबाट सुदन किराती, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यबहादुर भट्टराई(मनोज), श्रम सँस्कृति पार्टीका केन्द्रिय अध्यक्ष हर्कराज राई ( हर्क साम्पा ) चुनावी प्रतिष्पर्धामा छन् । रास्वपाले यो क्षेत्रको उम्मेदवारको निधो गरिसकेको छैन् । यसअघि सो पार्टीका तर्फबाट सरिन तामा (गोमा)लाई उठाएको थियो । त्यसैगरि नेपाली कांग्रेसको तर्फबाट पनि उम्मेदवारको निधो गरिसकेको छैन् ।