लेटाङः मदन भण्डारी राजमार्गअन्तर्गत लेटाङ ५ थापा चौक अगाडि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ ९ जाँते निवासी ५५ वर्षीय योगेन्द्र थापाको उपचारका क्रममा निधन भएको छ।
प्र १–०१–००१ ख ४७०७ नम्बरको ‘दिप यातायात’ बसले ठक्कर दिँदा थापा गम्भीर रूपमा घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा उपचार भइरहेकै बेला उनको निधन भएको हो ।
दुर्घटनासम्बन्धी थप विवरण र कानुनी प्रक्रियाबारे अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।




















