इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बीचको एकतामा हस्ताक्षर आज(शनिवार) हुने भएको छ।
आज साँझसम्म सहमतिमा सम्झौताको तयारी गरे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले शनिबारका लागि सरेको सहमतिको कार्यदलमा रहेका रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए ।
‘दुई नेता बीचको सहमतिमा भोलि शनिबार हस्ताक्षर हुन्छ’ खनालले भने,’त्यसको केहीदिन पछि घोषणा सभा हुन्छ।




















