झापाः आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट युवा नेता पार्टीका केन्द्रिय सदस्य रन्जित तामाङ सहित झापाको पाँच वटै क्षेत्रका लागि उम्मेदवारको नाम फाइनल गरि केन्द्रलाई सिफारिस गरेको छ ।
ओलीको क्षेत्रबाट बालेन शाह समेत उठ्ने चर्चा चुलिएको बेला नेकपाले युवा नेता रन्जितलाई सोही क्षेत्रको उम्मेदवारका लागि केन्द्रलाई सिफारिस गरेको हो । २०७९ को निर्वाचनमा पनि उनलाई सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनाइएको थियो ।
बिहीबार बसेको उम्मेदवार छनौट समितिको बैठकले प्रत्यक्ष र समानुपतिक उम्मेदवारहरुको नाम केन्द्रलाई सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्रबाट आएका सुझाबको आधारमा झापा जिल्ला कमिटिले केन्द्रमा नाम सिफारिस गरेको पार्टीका केन्द्रीय सदस्य रञ्जीत तामाङले जानकारी दिए । पार्टी झापाको क्षेत्र नं २ बाट पूर्वमन्त्री तथा साविकको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रदेश इञ्चार्ज हरिबोल गजुरेलको नाम सिफारिस गरेको छ । यस्तै नेकपा एमालेका अध्ययक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा युवा नेता रञ्जीत तामाङसहित पाँच जनाको नाम सिफारिस गरिएको छ ।
झापा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ सविता भण्डारी, माधव अर्याल, चन्द्रा कार्की, अशेष घिमिरे र बिपी भट्टराईको नाम सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकतर्फ मुकुलचन्द्र राजवंशी, कोविलाल मेचे, पर्शुराम शंकर, ताराराज ओली, उदय बराइली, तारा रुचाल र सुर्यबहादुर विक छ भने राष्ट्रियसभातर्फ बोधराज दाहाल (असिम) र बद्रीनाथ फुयाँलको नाम सिफारिस गरिएको छ ।,
क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ हरिबोल गजुरेल, धर्मशिला चापागाई, बासुदेव दुलाल, प्रत्युस आजाद राना र प्रज्वल कडरिया (जेनजी)को नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकतर्फ हरिकुमार राना, ज्योति सिंह दर्लामी, भाष्करराज काफ्ले, सनम राजवंशी, योगेश खपांगी, डा। विष्णुप्रसाद मिश्र, देवी बराल, डा।मुरली शाह, दुर्गा आचार्य, खड्ग बहादुर कन्दङवा र तिर्थ सिग्देल तथा राष्ट्रियसभातर्फ लोकबन्धु कन्दङ्बाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ का लागि प्रत्यक्षतर्फ पुष्पराज पोखरेल, पुर्णसिंह राजवंशी, डम्बर गिरी, चन्द्रा श्रेष्ठ र पृतम वन (जेनजी) को नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकतर्फ मोहन टुडु, हिरा राजवंशी, देवेन्द्रकिशोर ढुंगाना, डिल्लीराम घिमिरे र गंगाप्रसाद ओलीको नाम सिफारिस भएको छ । राष्ट्रियसभातर्फ बेदराज रेग्मीको नाम सिफारिस गरिएको उम्मेदवार छनौट समिति सदस्य रहेका तामाङले जानकारी दिए ।
क्षेत्र नम्बर ४ का लागि प्रत्यक्षतर्फ झलकसिंह दर्लामी, पुरुषोत्तम चुडाल, गौरीमान राई, टेकेन्द्र चम्लागाई (जेनजी), अम्बिका उप्रेती र प्रतिक राजवंशी (जेनजी)को नाम सिफारिस गरिएको छ । यस्तै, समानुपातिकतर्फ मणिकुमार साम्पाङ, कल्पना कार्की, चन्द्रमोहन राजवंशी, केयरसिंह बस्नेत, ढुण्डीराज गुरागाई र जेबुल हक तथा रष्ट्रियसभातर्फ रामकुमार राई, दिनेशचन्द्र राजवंशी र भरत श्रेष्ठको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ५ का लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, दिपेनवाला राई, हरिमाया मैनाली, विवेक गौतम र सुरेन्द्र बस्नेतको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ अजय अग्रवाल, सुलोचना राजवंशी, गंगा धिमाल, सुमित्रा वाङदेल, राधिका ओझा, डम्बर पुलामी, भुमिका कोइराला र लाल सुन्दर राई तथा राष्ट्रियसभातर्फ प्रविणकुमार राई, दुर्गा चौलागाई र रमेश गुरागाईको नाम सिफारिस भएको छ ।




















