इटहरीः आफुलाई नेकपा एमालेको इतरपक्षको बलियो नेता ठान्ने विनोद ढकाल अन्तत केन्द्रिय सदस्य पदमा समेत पराजित भएका छन् ।
गृह जिल्ला मोरगंमै कमजोर रहेका ढकालले आफुलाई नेकपा एमालेको ११ औं महाधिवेशनमा बलियो सचिवको उम्मेदवारका रुपमा पेश गरेका थिए । उनी ईश्वर पोख्रेल प्यानलबाट सचिव पदका उम्मेदवार बनेका थिए ।
सचिव पदमा संस्थापन अर्थात केपी शर्मा ओली पक्षबाट लड्ने प्यानल नै भारी मत ल्याएर विजयी भएको छ ।


सचिव पदमा उम्मेदवारी दिएका ढकालले ६८४ मत मात्र प्राप्त गरेका छन् । उनले सचिव पदमा मात्र होइन, केन्द्रिय सदस्यको पदमा पनि पराजय भोगेका छन् । उनले केन्द्रिय सदस्य पदमा ८२१ मत मात्र प्राप्त गरेका छन् ।
सचिव र केन्द्रिय सदस्य पदमा पराजित भएपछि गृह जिल्लामा बलियो नेता ठान्ने ढकालको अबको राजनितिक यात्रा सकसपूर्ण हुने देखिन्छ ।



















