इलामः नेपालको एक मात्रै सङ्कट घोषणा भएको इलाममा मेची राजमार्ग अवरुद्ध भएको १४ दीनबाट सञ्चालनमा आएको छ । असोज १८ गतेको अविरल वर्षापछि इलामको राज दुवाली खण्डको पहिरोले अवरुद्ध भएको १४ दीनमा सञ्चालनमा आएको हो ।
पहिरो गएको तीन दीन पछिदेखि मर्मत थालेर बिचमा एक पटक यातायात सञ्चालन भए पनि सडक दबिएपछि वैकल्पिक रूपमा सिमल गोलाईको बाटो सञ्चालनमा ल्याइएको थियो । वैकल्पिक मार्गबाट यातायात सञ्चालन भएको चार दीन पछि सञ्चालनमा आउने भएको हो । जिल्ला प्रशासन कार्यालय इलामले शनिवार राती नौ बजेबाट राज दुवाली सडक खुला रहने जनाएको छ ।
पहिरोलाई भिरालो बनाएर सम्म्याएको र पहिरोभित्रको पानी अस्थायी रूपमा पाइप मार्फत निकालिएको र तत्काललाई यातायात सञ्चालनमा सहज होस भनेर खोलाको रोडा लगाएर पेलेर यातायात सञ्चालन गर्ने तयारी गरिएको हो । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार सुरुमा भन्दा अहिले सडक दब्न धेरै रोकिएको र यातायात सञ्चालन भइरहँदा पनि सडक दब्ने सम्भावना रहेको बताए ।
उनका अनुसार पहिरो माथिबाटै सडक निर्माण गरिएको हुँदा सामान्य सडक दबिनु स्वभावीकै रहेको बताए । सडक डिभिजन इलामका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार विज्ञको सल्लाह अनुसार नै काम गरिएको र पहिरोमा कता कता धाँजा फाँटी रहे पनि त्यहाँ फुको माटो भएको र माटो खाँदिने हुँदा धाँजा देखिए पनि पहिले भन्दा सडक दब्न कम रहेको बताए ।
विज्ञले भनेअनुसार पहिरोको टपमा रहेको बाटोबाट हेर्दा सबै बाटो र खोला देखिनु पर्ने भने पनि बिचमा ठुलो ढुङ्गा भएको कारण एक ठाउँ भुनेअनुसारको नभए पनि त्यसलाई पनि सकेसम्म बनाउने प्रयास भएको छ । अब यातायात सञ्चालन र यहाँ सडक दबिएमा मर्मत पनि गरिरहनुपर्ने उनको भनाई छ ।
इलाम नगरपालिका १० को सिमल गोलाई देखि माईजोगमाई गाउँपालिका चार हुँदै इलाम सदरमुकाम निस्कने गरी सडक वैकल्पिक रूपमा सञ्चालन भए पनि सडक साँघुरो भएको कारण समस्या हुन थालेको थियो । सडकको कतिपय ठाउँमा सडक हिलो भएको र सवारी साधन फस्ने गरेको कारण समस्या भएको समस्या भइरहेको हो ।
उक्त सडक खण्डमा पर्ने जोगमाइ खोलामा होम पाइप लगाएर सडक सञ्चालन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार गत वर्ष नै राज दुवालीको वैकल्पिक मार्गका रूपमा हेरिएको उक्त सडकको जोगमाई खोलामा बेलिबृज लगाए पनि असोज १८ को बाढीले बगाएपछि होम पाइप लगाएर सडक सञ्चालन गरिएको बताए । यता राज दुवाली खण्ड पनि सञ्चालनको लागि तयारी बनेको बताए ।
झापा बेलासे हुँदै इलाममा आएर मेची राजमार्गमा जोडिने सडकमा पर्ने पुवा खोलामा गत वर्ष लगाएको बेलिवृज र बेलासे स्थित माई खोलाको पक्की पुल दबिएपछि वैकल्पिक मार्ग हेरिएका सडकबाट यातायात सञ्चालन हुन समस्या भएपछि सिमल गोलाईमा होम पाइप राखेर यातायात सञ्चालन गरिएको थियो । राजमार्ग सञ्चालनमा आएसँगै ठुला र साना सवारीका लागि सहज भएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।