इटहरी: माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासङ्घ कोसी प्रदेश सम्मेलनले इटहरीका रितेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
दुई दिनसम्म इटहरीमा भएको सम्मेलनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । सुनसरी जिल्ला अध्यक्ष मीनकुमार मगरका अनुसार श्रेष्ठको अध्यक्षतामा ६१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

सम्मेलनले धनकुटाका नयन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । त्यसैसरि उपाध्यक्ष गणेश मगर र योगेश थापा चयन भएका छन् । महासङ्घको कोसी प्रदेश सचिवमा इन्द्रकुमार योञ्जन ,सह सचिवमा कृष्ण राई र कोषाध्यक्षमा जीवनी राईलाई चयन गरिएको छ । बाँकी अन्य सदस्यका रूपमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
