महेन्द्र गुरागाईँ
संखुवासभाः कोसी प्रदेशको इटहरी देखि सङ्खुवासभाको यात्रामा केही समय अगाडि बजार अनुगमन पहाडी भौगोलिक बनावटको दृश्यावलोकन गर्न गएका थियौँ । यस क्रममा सखुवा सभाको खाँदवारि नजिक करिब १२ किलोमिटर यता तुम्लिङटारमा रहेको मनकामना मन्दिर खाँदवारि नगरपालिका वडा नं ९ मा पर्ने रहेछ । अरुण नदीको किनारामा अवस्थित मनकामना मन्दिरको उत्तिको बारेमा रोचक कथा त्यहाँ पुजारीसँग गरिएको कुराकानीबाट स्पष्ट बुझ्ने मौका जुर्यो । धेरै पहिले अरुण नदिका किनारामा घना जङ्गल रहेछ । उक्त जङ्गलमा छेउमा कुमाल समुदायको व्यक्ति बसोबास गर्नुभएको ऐतिहासिक कथन रहेको जानकारी भयो । उक्त व्यक्तिले माटोका भाँडाकुँडा बनाउने गर्दथे । यस वरिपरि चिम्टाइलयो माटो प्रशस्त मात्रामा पाइन्थ्यो ।
सोही क्षेत्रमा चिप्टयाइलो माटोको खोज गर्ने क्रममा अरुण नदीको किनारामा गाईबस्तु चरण क्षेत्र समेत रहेकाले उनीहरू गाईबस्तु चराउन आउने गर्दथे । एक दिन उनीहरू गाई चराउन गएको बुद्ध कुमालले आफ्नो सबै भन्दा दूध दिने गाई हराएको सपना देखेछन् । सपनामा एक कन्या आइन र भनिन् म मनकामना देवी हुँ भन्दै उनले अरुण नदीको किनारामा एउटा ढुङ्गा भित्र आफूलाई स्थापना गरिएको बताइन यसको आधारमा अरुण नदीको किनारामा डुङ्गाको मुर्ती फेला पर्यो । सोही स्थानमा डुङ्गाको मुर्ती स्थापना गरियो र पूजा आराधना आरम्भ भयो । सपना देखेपछि हराएको गाई खोजी गर्ने क्रममा खोजी गर्दै जाँदा सोही स्थानमा गाई र बाच्छा समेत भेटियो ।

त्यसपछि उक्त स्थानलाई छनौट गरी ब्राह्मण पुजारीद्वारा पूजा आरम्भ भई सोही स्थान धार्मिक क्षेत्रको रूपमा विकास हुँदै गयो । सोही समय देखि धार्मिक र सांस्कृतिक महत्त्व बोकेको मन्दिरलाई मनकामना भनिने नाम विशेष अर्थ बोकेको छ । मनको कामना पुरा गर्ने स्थानको रूपमा विकसित हुँदै गयो । श्रद्धालुहरूले मनोकामना पुरा होस भन्ने विश्वासका साथ पूजाआजा गर्न आउनेको भिड लाग्दै गयो । अरुण नदीको किनारामा रहेको, तुम्लिङटारसम्म पुगेपछि सजिलै पुग्न सक्ने पहुँच योग्य मन्दिर रूपमा मानिँदै आएको इतिहास पुजारी मार्फत जानकारी भयो । सोही स्थानको आसपास क्षेत्र धार्मिक पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलको रूपमा विकास हुँदै गएको छ ।
मनकामना मन्दिर अपगोडा शैलीमा बनेको छ र यसलाई जोडिएका पुराना लोककथाले यसलाई अझै पवित्र र रहस्यमय बनाएको छ । स्थानीय राय, किराँत तथा अन्य हिन्दु समुदायका मानिसहरू धार्मिक आस्थाको केन्द्रका रूपमा यो स्थान निकै सम्मानित छ । विशेष गरी कात्तिक शुल्क एकादशीको अवसरमा यहाँ ठुलो मेला लाग्ने गरेको स्थानीय तथा पुजारी गुरुको मुखारबिन्दबाट जानकारी प्राप्त भयो । जसमा नजिकका मात्र नभई नेपालका विभिन्न ठाउँबाट अध्ययन तथा अवलोकनका साथै मनले इच्छाएको पुरा हुने जन्मपछि बोली चाँडै नआएका बच्चाहरूको बोली आओस् भनी कामना गर्दा पुग्ने शक्तिपिठको रूपमा रहेको मनकामना मन्दिर दर्शन गर्न टाढा टाढाबाट पनि भक्तजनहरू भेला हुने गरेका छन् ।
विकासको दृष्टिले पछि परेको मनकामना देवीको मन्दिरलाई सखुवा सभाको तुम्लिङटारमा समय समयमा बजेट छुटाइएको भए तापनि समद्र्धन र विकासमा पछि परिरहेको स्थानीय बासिन्दाहरूको गुनासो रहेको पाइयो । नगरपालिका मेयर तथा वडा अध्यक्ष मार्फत बारम्बार पहलकदमी गरेका स्थानीय बासिन्दा तथा मन्दिर संरक्षण व्यवस्थापन समितिले व्यवस्थापन गर्नको लागि कार्य गर्न नसकेको, नेता ज्यूहरू सबै भ्रष्ट भएका कारण शक्तिपिड देवीका रूपमा रहेको मनकामना मन्दिरलाई विकास गरी पर्यटकीय भित्राउन सकिने श्रद्धालुहरूको गन्तव्य बन्न सक्ने साथै यस पर्यटकीय क्षेत्रलाई विश्व सम्पदाको रूपमा खाँदवारिको तुम्लिङटार रहेको मनकामना देवीको मन्दिरलाई चिनाउन सकिने कुरा स्पष्ट पारे ।
 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        