इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) इटहरी भित्रको विवाद अदालतसम्म पुगेको छ । आफुलाई अन्य मूलधारका पुराना पार्टीभन्दा अब्बल र परिर्वतनकारी पार्टीका नेताका रुपमा व्यख्या गर्ने कोशी प्रदेश, सुनसरी जिल्ला र इटहरी उपमहानगरपालिकाको मुख्य जिम्मेवारीमा रहेका नेताहरु बीच एकले अर्कालाई सकेर आफु स्थापित हुने इगोका कारण पार्टी भित्रको विवाद सतहमै आएको हो । 

पार्टी भित्र गुट उपगुट नभएको दावी गरिएपनि इटहरीको घटनाले रास्वपा भित्र चरमगुटबन्दी रहेको पुष्टि गरेको छ । एक गुटले अर्को गुटका लागि सक्ने योजनाका साथ प्रदेश तह मात्र नभई केन्द्र तहकै नेताहरु पनि लागि परेको बुझिएको छ । इटहरी र सुनसरी जिल्लाको हकमा सहि सत्य र यर्थाथ कुरा सप्रमाण पार्टी बैंठकमा राख्ने नेतृत्वलाई साथ दिनुको साटो केन्द्रका नेताहरुले आफु निकट गुटको केही नेताहरुको कुरा मात्र सुनेर अनुशासनको नाममा कारवाहीको डण्डा चलाएपछि विवादले चरम रुप लिएको हो । 

11

रास्वपाको विवाद इटहरीमा मात्र नभई कोशी प्रदेशमै भुसमा आगो सल्केझै भित्र भित्रै सल्किरहेको थियो । आगो निभाउनका लागि केन्द्रका जिम्मेबार पदमा रहेका नेताहरुले आगो सल्किनुको खास चुरो कुरा नै नबुझेकाले रास्वपा इटहरीको १० श्रावणमा तोकेको नगरअधिवेशन रोक्न उच्च अदालतसम्म पुग्न बाध्य भएको बताइएको छ । 

यस्तो छ विवादको चुरो कुरो

विवादको सुरुआत तत्कालीन उपसभापति हरिमाया अधिकारीलाई दोहोरो नागरिकताको मुद्दामा निलम्बन गरिएको घटनाबाट सुरु भएको हो । विष्णु बस्नेत २०८१ वैशाख २० गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी नगर सभापति नियुक्त भएका थिए ।  २०८१ मङ्सिरमा नगर भेला (अधिवेशन) बाट सात सदस्यीय समिति गठन गरे । 

पार्टीमा सक्रिय रहँदै गर्दा सङ्गठन विस्तारका प्रयास भइरहेका थिए । बस्नेत आउन भन्दा पहिला विघटित नगर समिति अन्तर्गत उपसभापति रहेकी हरिमाया अधिकारी दोहोरो नागरिकता मुद्दा लागेपछि निलम्बनमा थिइन् । निलम्बन लामो समयसम्म रह्यो । जब हरिमायाको निलम्बन फुकुवा भयो अनि निलम्बन फुकुवा भएपछि, पार्टीको नियमअनुसार उनी स्वतः उपसभापतिमा नै बहाल हुनु पर्ने भन्दै विवाद सिर्जना गरियो । 

कोसी प्रदेश महामन्त्री लाल विक्रम थापाको निर्देशनमा बिना प्रक्रिया पुनर्बहाली गर्नकोलागि दबाब दिएको पार्टी श्रोतको दावी छ ।  उपसभापति इन्दिरा लुइँटेललाई हटाएर हरिमाया अधिकारीलाई उपसभापति बनाउनकोलागि लागेको विषयमा निक्कै रस्साकस्सी चलेको थियो । यही बिचमा सभापति बस्नेत बिरामी पर्छन् लुइँटेललाई कार्यवाहक जिम्मेवारी दिएर उनी उपचारकोलागि जनकपुर गएको बताउँछन् । 

WhatsApp Image 2025-07-22 at 12.48.50_990f22b3

बस्नेतका अनुसार, उपचारका लागि बाहिर रहँदा सचिव महेश थापाले नगर समितिको बैठक आह्वान गरी कार्यवाहक उपसभापति इन्दिरा लुइँटेललाई पदबाट हटाएर हरिमाया अधिकारीलाई पुनः उपसभापति बनाए । बैठकमा भएको यो निर्णयको विरोधमा धेरैले माइन्युटमा समेत हस्ताक्षर नै नगरी उठेर हिँडेका थिए । 

निर्णय पुस्तिका समेत विवादास्पद शैलीमा खडा गरिएको आरोप बस्नेतको छ  । 

२०८२ जेठ १६ गते लुइँटेलको अध्यक्षतामा बसेको बैठकले नै लुइँटेललाई कारबाही गर्दै अधिकारीलाई कार्यवाहक तोक्ने विषय गैह्र लोकतान्त्रिक प्रक्रियाबाट भएपछि आफूले यो विषयलाई स्वीकार गर्न नसकेको अध्यक्ष बस्नेतको भनाई छ । यो बारेमा बस्नेतले माथिल्लो कमिटीलाई उपसभापतिको विवादका बारेमा पत्र पठाएको भए पनि कुनै पनि कमिटीले कुनै पनि जवाफ नदिएको उनी बताउँछन् ।  

सचिवको जिम्मेवारी खोस्ने निर्णय

सचिव थापामाथि नगर सभापतिको जानकारी बिना इटहरी उपमहानगरपालिका वडा नं। १ र ३ मा भेला तथा अधिवेशन सञ्चालन गरेको आरोप समेत छ । बस्नेतले यो कार्य पार्टीको विधान र कार्यविधि प्रतिकूल भएको दाबी गर्दै सचिवको कार्य विभाजन हेरफेर गर्ने निर्णय लिएका थिए । 

त्यसपछि बस्नेत थप निशानामा परे । बस्नेत पार्टीलाई राम्रो बनाउनुपर्छ भनेर लाग्ने तर प्रदेश महामन्त्री लालविक्रम थापा गुटबन्दी गरेर काम नै गर्न नदिने र पार्टी निध्याउने मनसायबाट अघि बढेपछि यो विषयलाई थप पेचिलो कार्यकर्ताहरुको दावी छ  ।  उनै लालविक्रमले केन्द्रीय अनुशासन आयोगमा बस्नेतलाई कारबाहीको सिफारिस गरेका थिए । थापा यसबेला इटहरीको जनता माध्यामिक विद्यालयको जग्गा भाडामा लिई भ्रष्टाचार गरेको अभियोगमा विवादमा तानिएका छन् । उनका विरुद्ध अख्तियारमा उजुरी नै परेको छ । 

WhatsApp Image 2025-07-22 at 12.48.51_d6f9b781

यी सबै घटनाक्रमपछि पार्टी अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले थापालको सिफारिस उपर सत्य तथ्य छानविन नै नगरि नगर सभापति बस्नेतलाई निलम्बनको पत्र पठाएका थिए । तर बस्नेतले आफूलाई कुनै वास्तविक संवाद बिना नै कारबाही गरिएको भन्दै असहमति जनाउँदै आएका छन् । 

‘मलाई लालविक्रमको गुणगान नगर्ने भन्दै अपारदर्शी र प्रतिशोधपूर्ण ढङ्गले कारबाही गरियो,’ नगर सभापति बस्नेतले भने। उनले कोसी प्रदेश महामन्त्री लाल विक्रम थापालाई यो सबै प्रकरणको ‘ग्रान्ड डिजाइनर’ भएको आरोप लगाएका छन् । नगर र जिल्लामा गुट निर्माण गरी हालीमुहाली गर्ने थापाको योजनाअनुसार समितिहरूलाई निष्क्रिय गराउने खेल खेलिएको बस्नेतलको भनाई छ । 

WhatsApp Image 2025-07-22 at 12.48.53_71b1479e

WhatsApp Image 2025-07-22 at 12.48.53_184e8660