राजविराजः सबैले सम्मान र श्रद्धा गर्ने पात्रहरु मध्ये शिक्षक पनि एक हुन । जब शिक्षक नै कुकृत्यमा लाग्छन भने अरुलाई के भन्ने ? त्यसमा पनि आफ्नै शिष्य संग शिक्षकले अनैतिक र यौनजन्य यौनदुर्व्यवहार गर्छन भने उनको गरिमा घट्नु स्वभाविकै हुन्छ ।
यस्तै घटना भएको छ सप्तरीको सुरुंगा नगरपालिका ५ स्थित मसिलाल जनता माध्यमिक प्राविधीक विद्यलयमा । उक्त विद्यालयका विज्ञान विषयका शिक्षक ३५ वर्षिय संतोष कुमार पंञ्जियार आफ्नै एक छात्रा संग परिक्षा कोठा भवन भित्रै यौन यौनदुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन ।
शुक्रवार विद्यालयबाटै पक्राउ परेका शिक्षक पञ्जियारलाई बालयौन यौनदुर्व्यवहार मुदामा अनुसन्धानका लागी सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
कक्षा १० मा अध्यनरत १५ वर्षिया ती किशोरी पहिलो त्रैमासिक परिक्षा अन्तर्गत विज्ञान विषयको परिक्षा दिदै गर्दा शिक्षक पञ्जिायारले संवेदनशिल अंगमा हात लगाई यौनदुब्र्यवहार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धानका लागी हिरासतमा राखीएको प्रहरी नायब उपरिक्ष बस्नेतले जानकारी दिए ।
असार ३१ गते विज्ञान विषयको परिक्षा दिदै गर्दा एउटा प्रश्नको जवाफ लेख्ने क्रममा शिक्षक पञ्जियार संग जिज्ञासा राखेको बखत ती किशोरीलाई यौनदुब्र्यवहार गरीएको जाहेरीमा उल्लेख छ । पीडीत किशोरीका अनुसार एउटा प्रश्नको जवाफ लेखाउने क्रममा शिक्षक पञ्जिायरले आफ्नो संवेदनशिल अंगमा हात लगाएका थिए । जबरजस्ती जताततै औला लगेपछी आपृmु तत्कालै उत्तरपुस्तिका बुझाएर सो ’दयगत अन्य शिक्षक÷शिक्षिकालाई जानकारी दिदै घर फर्र्किएको पीडीत किशोरीले बताएकी छिन ।
अर्को दिन परिक्षा दिन जान नमानेपछी किन ढिला गरेको ? भन्दा ती किशोरीले रुदै सबै घट्ना बृतान्त सुनाएको परिवारजनले जनाएका छन । पीडीत किशोरीकी आमाद्वारा प्रहरीलाई बुझाइएको जाहेरीमा यस्तो कुकृत्य गर्ने शिक्षकमाथी कडा कारवाही हुनु पर्ने मागँ गरिएको छ ।
सिरहाको लहान नगरपालिका १ घर भएका शिक्षक पञ्जियारले यस अघि पनि विद्यालयका कतिपय छात्रा संग त्यस्तो ब्यवहार गरेको र लोकलाजका कारण घट्ना लुकाउँदा उनको मनोबल बढ्दै गई त्यस्ता घटना दोहोरिएको स्थानीय अभिभावहरुले बताएका छन । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।